काठमाडौं। नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण र एक शिकार आरक्षमा आफ्नो जनशक्ति परिचालन गरेको छ । नेपाल सरकारद्वारा घोषित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष र चुरे क्षेत्र संरक्षणमा सेनाका नौ हजार ४६ जना जनशक्ति खटिँदै आएको सेनाले जनाएको छ ।
नेपाली सेनाका आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्मलाई संरक्षणको जिम्मेवारी तोकिएको छ । चालू आर्थिक वर्षमा विभिन्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षणबाट ४२ नाल हतियार, एक हजार ९७६ जाल पासो, एक हजार ९६५ घरेलु औजार, ३३५ वटा गाडी र १६ वटा ओखोटोपहार बरामद गरेको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाबाट भएको सुदृढ सुरक्षा तथा संरक्षण कार्यबाट पछिल्लो १५ वर्षयता बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो गणना अनुसार नेपालमा बाघको सङ्ख्या ३५५ र गैँडाको सङ्ख्या ७५२ रहेको छ । यसअघि सन् २००९ मा भएको जनगणनामा बाघको सङ्ख्या १२१ र सन् २००५ को गणनामा गैँडाको सङ्ख्या ४०० रहेको थियो ।
यी उपलब्धि हासिल गर्ने क्रममा वन्यजन्तुको आक्रमण र अन्य कारणबाट ११६ जना सैनिक व्यक्तिले आफनो जीवन गुमाएका सेनाले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com