काठमाडौं । काठमाडौंमा छठ पर्वको अन्तिम तयारी धमाधम भइरहेको छ । काठमाडौंको गौरीघाट र कमलपोखरीमा आज मध्यान्हतिर पुग्दा छठ पर्वको तयारी भैरहेको थियो । गौरीघाट नदी किनारामा सरसफाइ, पाल तथा बत्ती जडान गर्ने तर अन्य आवश्यक सजावटको कार्य भैरहेको छ । कमलपोखरीमा पनि पाल र बत्ती हाल्ने काम भैरहेको छ ।
खासगरी, मैथिली समुदायले त्यो पनि तराईमा विशेष धुमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा काठमाडौं उपत्यकामा र अन्य समुदायले पनि उत्तिकै आस्था र भक्तिपूर्वक पनि मनाउने क्रम बढ्दै गएको छ । यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ । केराका थम्बा, झिलीमिली बत्ती र सूर्यास्त र उत्खेउ सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।
छठको तयारी तीव्र रूपमा भइरहेको र यस पटक गौरीघाटमा ६१५ परिवार सहभागी भएर पूजा गर्न मिल्ने गरी घाटहरु तयार पारिएको जानकारी छठ पूजा समिति गौरीघाटका उपाध्यक्ष राजकुमार पोद्दारले धिप्री डटकमलाई जानकारी गराएका छन् । अघिल्ला वर्षहरुलाई समेत आधार मान्दै यो वर्ष ५ देखि ८ लाख आगन्तुकहरु छठमा सहभागी हुने उनले बताए । यसैगरी, तीनै सुरक्षा निकायसँग समन्वय भएको र आकस्मिक अवस्थाका लागि पूर्व तयारीहरु सबै भएको उपाध्यक्ष पोद्दारले बताए ।
चार दिनसम्म चल्ने छठ पर्वको आज दोस्रो दिन खरना व्रतको रूपमा मनाइँदैछ। यो पर्व सूर्य देव र छठी मायाको पूजा–अर्चनासँग जोडिएको छ र यसले जीवनको ऊर्जा, स्वास्थ्य र समृद्धिको कामना गर्दछ। पर्वको शुरुवात शनिवार ‘नहाय–खाय’ विधिबाट भएको थियो।
आजको खरना दिन, व्रतधारिहरू कठोर निर्जल व्रत बस्छन् र साँझमा गुड़को खीर र रोटीको प्रसादले व्रत समापन हुन्छ। यस प्रसादले शुद्धता, कृतज्ञता र प्रकृतिप्रतिको श्रद्धाको प्रतीक मानिन्छ।
मुख्य दिन भोलि सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिइनेछ भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरी व्रत समापन गरिनेछ। नेपालमा विशेषगरी मिथिला, थारु र पहाडी समुदायले उत्साहका साथ यो पर्व मनाउँछन्। पर्वले पर्यावरण संरक्षण र सामुदायिक एकताको सन्देश पनि दिन्छ।
काठमाडौं महानगरपालिकाले उपत्यकामा आठ वटा घाट तोकेर विशेष व्यवस्था गरेको छ। ती स्थानमा सफाइ, बिजुली र सुरक्षा प्रबन्ध मिलाइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com