Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

९२ वर्षको इतिहास बोकेको पंचदेवल शिव धाम सप्तदेवल

९२ वर्षको इतिहास बोकेको पंचदेवल शिव धाम सप्तदेवल

बैतडी । ९ दशकबढीको इतिहास बोकेको पंचदेवल शिव धाम सप्तदेवल अझै सुरक्षित रहेको छ । ऐतिहासिक गजुर अहिले पनि पंचदेवल शिवधाम–सप्तदेवल मन्दिर परिसरको पछाडि सुरक्षित रूपमा राखिएको छ। विक्रम संवत् १९९० सालको महाभूकम्पका क्रममा देवलको टुप्पोबाट खसेको भानीखारा पुगेको थियो त्यहाँबाट लिएको हो।

यो गजुरलाई नेपाली सेना, नेपाल प्रहरी र स्थानीय समाजसेवीहरूको संयुक्त प्रयासमा मन्दिर परिसरमा ल्याएर सुरक्षित गरिएको थियो। उक्त कार्यमा २५ जना नेपाली सेनाका जवान, १० जना नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूले सक्रिय सहयोग गरेका थिए। गजुरलाई गुडाउँदै ल्याई अहिलेको स्थानमा राखिएको थियो।

त्यो समयमा पुरातत्व विभागले गजुर पुनः मन्दिरमाथि राख्ने जिम्मा ठेकेदारलाई दिएको भए पनि काम ठेकदारले गजुर राख्न सकेन  गजुर हालसम्म पनि त्यहीँ सुरक्षित रूपमा रहेको छ।

स्थानीयवासीहरूको भनाइमा, यो गजुर केवल धार्मिक प्रतीक मात्र नभई बैतडी ऐतिहासिक सम्पदा पनि हो। मन्दिर परिसरमा आउने भक्तजन तथा पर्यटकहरू अहिले पनि यो गजुरलाई नजिकबाट अवलोकन गर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार