Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

आर्थिक अनियमितताको आरोपमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ

आर्थिक अनियमितताको आरोपमा प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन आर्थिक अनियमितताको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई मङ्गलवार ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।

प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी परे पनि जोगिँदै आएका थिए। उनी सहकारी ठगी प्रकरणमा समेत मुछिएका थिए। भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले जाहेरी दिएकी थिइन्।

भट्टचनविरुद्ध परेको जाहेरी पहिले जिल्ला प्रहरी परिसर, काठमाडौंले दर्ता गर्न मानेको थिएन । पछि पीडित पक्ष जिल्ला सरकारी वकिलको कार्यालयसम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार