काठमाडौं । मलेसियाले अबदेखि श्रमिक पठाउने म्यानपावर कम्पनीका लागि १० वटा मापदण्ड तोक्दै ती पूरा गर्ने कम्पनीहरु मार्फत मात्रै श्रमिक लैजाने भएको छ ।
यसबारे मलेसिया सरकारले त्यहाँस्थित नेपाली दूतावासलाई पनि जानकारी गराइसकेको छ। नयाँ मापदण्डले श्रमिक भर्ना प्रक्रिया पारदर्शी र व्यवस्थित हुने मलेसियाको दाबी छ। मलेसियाले तोकेका शर्त पूरा गर्ने म्यानपावर कम्पनीको सूची मलेसियाको मानव संशाधन मन्त्रालयमा एक महिना ९१५ नोभेम्बर २०२५० भित्र पेश गर्न भनिएको छ।
यससँगै मापदण्ड पूरा नगरेका म्यानपावर कम्पनीले मलेसियामा श्रमिक पठाउन पाउने छैनन्।
मलेसियाले तोकेको मापदण्ड अनुसार म्यानपावर कम्पनी ५ वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, ५ वर्षमा कम्तिमा ३ हजार श्रमिक पठाएको हुनु पर्नेछ। यस्तै कम्तिमा तीन देशमा श्रमिक पठाएको हुनुपर्ने, पाँचवटा अन्तर्राष्ट्रिय रोजगारदाताबाट सिफारिस पत्र पाएको हुनुपर्ने मापदण्ड तोकिएको छ। यस्तै कम्तिमा तीन वर्षदेखि स्थाई रुपमा सञ्चालनमा रहेको र १० हजार वर्गफुटमा कार्यालय रहेको हुनु पर्नेछ।
श्रमिकहरूलाई प्रशिक्षण, मूल्यांकन, भर्ती र कामदार पठाउन वैधानिक रुपमा अनुमति पाएको, सञ्चालकले स्वच्छ छवि भएको प्रमाण पाएको हुनुपर्ने, कुनै पनि जबर्जस्ती श्रम, मानव बेचविखन, श्रम कानुन उल्लंघन, ठगी र वित्तीय अपराधमा संलग्न नभएको हुनुपर्नेछ।
एजेन्सीले आफ्नै स्वामित्वमा तालिम तथा मूल्यांकन केन्द्र सञ्चालन गरेको हुनुपर्ने र यसअघिका भर्ती प्रक्रियामा कानुनको पालना गरेको प्रमाणित गर्ने कागजात नि म्यानपावर कम्पनीले पेश गर्न पर्नेछ।
अन्यथा मलेसियामा श्रमिक पठाउन नपाउने भएका छन्। नेपालमा म्यानपावर कम्पनीलाई नियमन गर्न पटक पटक प्रयास गरेपनि सरकार फेरिएसँगै कार्यन्वयन हुन सकेको थिएन। सरकार नै श्रमिकभन्दा म्यानपावरमैत्री बन्दा श्रमिक ठगी मौलाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com