Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लागि नेपाल चिकित्सक संघको सुझाव

स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लागि नेपाल चिकित्सक संघको सुझाव

काठमाडौं। नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।

संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी विभिन्न सुझाव दिएको हो ।

प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधानका लागि सुझाव दिएको हो ।

भेटपछि एक विज्ञप्ति जारी गरी संघले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै संघले मानव स्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ ।

संघले भनेको छ, “सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाको सञ्जाल, स्थानीय सरकार, कानुनी प्रावधानहरू जस्ता आधारभूत संरचनामा सुधार आवश्यक छ । स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानव स्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय आवश्यक छ । यसका लागि पहल होस् ।” 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार