Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बैशाखका लागि अधिकांश बैंककाे ब्याजदर स्थिर

बैशाखका लागि अधिकांश बैंककाे ब्याजदर स्थिर

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले नयाँ वर्ष २०८२ का लागि सार्वजनिक गरेको ब्याजदर स्थिर देखिएको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि तोकेको ब्याजदर चैत महिनाको तुलनामा यथावत रहेको हो । जस अनुसार १६ वटा बैंकले चैत महिनाकै ब्याजदर यथावत राखेका छन् भने बैशाख महिनाका लागि चार बैंकहरुले ब्याजदर घटबढ भएको छ ।

बैशाखका लागि बैंकहरुको व्यक्तिगत तर्फको मुद्दती निक्षेपको औषत ब्याजदर ५.९७ प्रतिशत रहेको छ । चैतमा यस्तो ब्याजदर ५.९७ प्रतिशत रहेको थियो । औसतमा बैंकहरुको ब्याजदर ०.००३५ बिन्दुले घटेको छ । बैशाखका लागि नेपाल बैंक, सानिमा र कुमारी बैंकले ब्याजदर घटाएका छन् भने एभरेष्ट बैंकले ब्याजदर बढाएको छ । 

त्यस्तै संस्थागतर्फ बैशाखका लागि बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर ४.३६ प्रतिशत विन्दुमा झरेको छ । चैतमा यस्तो ब्याजदर ४.४३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार