Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नगरप्रमुख कार्की यूसीएलजी एसप्याकको परिषद् सदस्य निर्वाचित

नगरप्रमुख कार्की यूसीएलजी एसप्याकको परिषद् सदस्य निर्वाचित

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्की अन्तर्राष्ट्रिय संस्था ‘संयुक्त शहरहरू तथा स्थानीय सरकारहरू एसिया–प्रशान्त’ (यूसीएलजी एसप्याक) को परिषद् सदस्य निर्वाचित भएका छन् । 

स्थानीय सरकारहरूको सशक्तिकरणका लागि अन्तर्राष्ट्रिय स्तरमा क्रियाशील उक्त संस्थाले नगरपालिकालाई पत्र प्रेषित गरी नगरप्रमुख कार्कीलाई बधाई समेत ज्ञापन गरेको छ ।

पत्रमा कागेश्वरी मनोहरा नगरपालिकाको अनुभव, दक्षता र दृष्टिकोणले सम्पूर्ण एशिया–प्रशान्त क्षेत्रमा स्थानीय सरकारहरूको सशक्तिकरण तथा सहकार्य प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ ।

सो पत्रमा महासचिव डा. बर्नाडिया इरावती चान्द्रदेवीले लेखेकी छिन्–“कागेश्वरी मनोहरा नगरपालिका परिषद् सदस्यका रूपमा निर्वाचित हुनु दक्षिण–पश्चिम क्षेत्रका सदस्यहरूले नगरपालिकामाथि गरेको विश्वास र आश्वासनको प्रतीक हो ।”

यूसीएलजी एसप्याक एशिया–प्रशान्त क्षेत्रका नगर तथा स्थानीय सरकारबीच नीति निर्माण, संवाद र दिगो विकासका लागि प्रमुख मञ्च हो । यस संस्थाले स्थानीय सरकारहरूको आवाज अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने र विश्वव्यापी नीति निर्माणमा प्रभाव पार्ने काम गर्दै आएको छ ।

नगरप्रमुख कार्कीको यो चयनले कागेश्वरी मनोहराको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने र नगरका विकास योजनाहरूलाई विश्वव्यापी सञ्जालसँग जोड्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

दक्षिण कोरियाको गोयाङ विशेष सिटीमा हालै सम्पन्न यूसीएलजी एसप्याकको दशौँ सम्मेलनका क्रममा कागेश्वरी मनोहरा परिषद् सदस्यका रूपमा निर्वाचित भएको हो ।

‘यूसीएलजी एसप्याक’को  सदस्य परिषद्मा निर्वाचित नगरप्रमुख कार्कीले स्थानीय सरकारको प्रतिनिधित्व स् यूसीएलजी एसप्याक मार्फत कार्कीले नेपालको स्थानीय सरकारको प्रतिनिधित्व गर्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउन सक्नेछन् ।

यसैगरी, उनले अन्य सदस्य नगरपालिकाहरूसँग नेटवर्क बनाउन र आपसी हितका क्षेत्रहरूमा सहकार्य गर्न सक्नेछन् भने क्षमता वृद्धिस् यूसीएलजी एसप्याकको सदस्यता लिएर कार्कीले स्थानीय सरकारको क्षमता र प्रभावकारिता बढाउनका लागि विभिन्न प्रशिक्षण र कार्यक्रमहरूमा सहभागी हुन सक्नेछन् । उनी सन् २०२७ सम्मका लागि उक्त पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार