काठमाडौं । दक्षिण कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना शुरु गरेको छ ।
हिजो उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँच वर्षे परियोजना बर्दियामा सुरु भएको हो ।
कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव नीता पोखरेल आर्याल तथा सह-अध्यक्षता कोइकाका देशीय निर्देशक कङ मुहोनले गरेका थिए ।
बैठकमा बर्दियाका बरबर्दिया, बाँसगढी, बढैयाताल, गेरुवा, गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबाका नगरप्रमुखहरू, बर्दिया राष्ट्रिय निकुञ्जका प्रतिनिधि तथा कोरियन इन्स्टिच्युट फर डेभलपमेन्ट स्ट्राटेजीका व्यवस्थापन परामर्शकर्ता टोलीका सदस्य उपस्थित छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com