Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अब स्थानीय तहबाटै प्यान कार्ड प्रदान गरिने

अब स्थानीय तहबाटै प्यान कार्ड प्रदान गरिने

काठमाडौं। अब स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) स्थानीय तहबाटै प्रदान गरिने भएको छ ।

आन्तरिक राजस्व विभागले विज्ञप्ति जारी गर्दै प्यान कार्डसहित कर सम्बन्धी सेवाहरू सम्बन्धित स्थानीय तहबाटै उपलब्ध गराइने व्यवस्था मिलाइएको सूचित गरेको छ ।

यसअघि करदाता सेवा कार्यालयहरूबाट मात्र प्यान कार्ड वितरण हुँदै आएको थियो । तर, हाल ती कार्यालयहरू खारेज गरिएका छन् ।

स्थानीय तहबाट सेवा सुचारु हुन केही समय लाग्न सक्ने भएकाले सो अवधिमा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत प्रवाह गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।

त्यस्तै, कर भुक्तानी र कर चुक्ता प्रमाणपत्रलगायतका सेवा अनलाइन प्रणालीमार्फत नै प्राप्त गर्न सकिने व्यवस्था रहेको विभागले स्पष्ट पारेको छ । 

550705616_1811701819479243_4695624968146280226_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार