काठमाडौं । जोरान माम्दानी अहिले चर्चाको शिखरमा छन् । अमेरिकाको न्यूयोर्क शहरको मेयर निर्वाचित ३४ वर्षीय जोशिलो युवा । रिपब्लिकनहरुको राज रहेको अमेरिकामा युगाण्डामा जन्मेको एउटा आप्रवासी युवाले सबैभन्दा बढी जनघनत्व रहेको अनि आर्थिक, व्यापारिक, सांस्कृतिक, प्रविधिगत लगायतका दृष्टिले अग्रस्थानमा रहेको न्यूयोर्क शहरको मेयर निर्वाचित भएर असम्भव भन्ने हुँदैन भन्ने साँच्चिकै प्रमाणित गरेका छन् ।
हो, उनै युवा मयेर निर्वाचित डेमोक्र्याटको सहकारी क्षेत्रसँग पनि साइनो जोडिएको छ । प्रत्यक्ष रुपमा सहकारीको सदस्य भए नभएको नखुलेपनि जोरानको जितमा सहकारीका साइनो भने खुलेको छ । जोरानको चुनावी अभियानको प्रचार प्रसार सामाग्रीको कन्सेप्ट, डिजाइन तथा डिस्ट्रिब्युसनको जिम्मा फोर्ज नामक श्रमिक सहकारीले पाएको थियो । नेम ट्याग, टिर्सट, पोष्टर, पम्पलेटदेखि होर्डिङ बोर्ड आदिको कलर, शब्द, स्वरुप र शैलीको सबै काम फोर्ज सहकारीले गरेको थियो ।
उक्त सहकारीका 'प्रिन्सिपल पर्सन' हरु अनिस र फिलले जोरानको चुनावी अभियानमा सक्रियताका साथ सहयोग गरेका थिए । 'जोरान फर न्यूयोर्क सिटी' को ट्यागलाइनमा उक्त चुनावी प्रचार प्रसारमा बोल्ड तथा ब्राइट कलर प्रयोग गरी मतदाताहरुलाई आकर्षण गर्न फोर्ज सहकारीप्रेरित अभियान सफल भएको थियो । चुनावी अभियानलाई जबर्जस्त, लोभलाग्दो, अभिप्रेरणायुक्त र पछुताउनुपर्ने अवस्था सृजना नगर्ने खालको प्रचार प्रसार गरिएको दाबी अहिले गरिदैंछ । सहकारीले जिम्मा लिएको प्रचारप्रसार अभियानले खासगरी युवा मतदाताहरुलाई प्रभावित गरेको पाइएको छ । उक्त सहकारीले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जाल प्लेटफर्महरुमा जोरानकै चुनावी अभियानको प्रचार सामाग्रीहरु समावेश गरेको छ ।
जहाँसम्म जोरानको थप कुरा छ, उनी मुस्लिम समुदायका आप्रवासी अमेरिकी हुन् । उनकी आमा चर्चित भारतीय निर्देशक मिरा नायर हुन् । युगाण्डामा जन्मिएर उनी अहिले अमेरिकाको मुख्य शहरमध्येको एक न्यूयोर्कको मेयर निर्वाचित भएका छन् त्यो पनि रिपब्लिकन राज रहेको अवस्थामा । उनी डेमोक्रेट, तर उनकै पार्टीका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि विश्वास नगरेका पात्र । उनको विजयलाई 'चामत्कारिक' संज्ञा पनि दिइएको छ । युवाहरुको उल्लेख्य मत उनले प्राप्त गरे र उनले विजय भएलगत्तै राष्ट्रपति डोनाल्ड टर्म्पलाई ललकारे पनि । जोरानले अब न्यूयोर्कबाट परिवर्तन प्रारम्भ हुन्छ भनेर नगरबासीहरुलाई 'प्रमिस' पनि गरेका छन् ।
(एजेन्सीहरुको सहयोगमा)
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com