काठमाडौं । केन्द्रीय बैंकले एक हजार रुपैयाँ दरका ४३ करोड नोट छपाइका लागि चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई चयन गरेको छ । नेपाल राष्ट्र बैंकको आसयपत्रअनुसार बेइजिङस्थित चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई अमेरिकी डलर १ करोड ६९ लाख ८५ हजारको मूल्य प्रस्तावसहित छनोट गरिएको हो।
सम्झौतामा नोटको डिजाइन, छपाइ, आपूर्ति तथा वितरणसहितका अन्य सम्बन्धित सेवाहरू समेटिएको केन्द्रीय बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आवश्यक सुधार र मूल्यांकनपछि उक्त चिनियाँ कम्पनीले सबै प्राविधिक तथा वित्तीय मापदण्डहरू पूरा गरेको छ।
चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन चीनको केन्द्रीय बैंकअन्तर्गतको सरकारी स्वामित्वको कम्पनी हो। यसलाई विश्वकै ठूला बैंकनोट तथा सुरक्षा दस्तावेज उत्पादकमध्ये एक मानिन्छ। अन्तिम सम्झौता सम्पन्न भएपछि कम्पनीले तोकिएको अवधिभित्र एक हजार दरका नोट छपाइ गरी नेपालमा आपूर्ति गर्ने जिम्मेवारी पाउनेछ।
बेलायतको डेला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्यान्डको पोलिस सेक्युरीटी प्रिन्टिङ वर्कस् पनि टेन्डर प्रक्रियामा सहभागी थिए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com