Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारीले सदस्यलाई पुर्याएको सहयोग

सहकारीले सदस्यलाई पुर्याएको सहयोग

सुनसरी, इनरुवा घर भएकी ४२ वर्षीय कल्पना दाहालले आर्थिक समस्याको कारण छोराछोरीलाई पढाउन गाह्रो भएपछि विदेश जान तयारी गर्नुभयो । भिसा पनि लाग्यो तर आफ्नो परिवारबाट टाढा हुन नसक्ने भएपछि सहकारीबाट ऋण लिएर सिटी सफारी किन्नुभयो र विगत ११ वर्षदेखि सिटी सफारी चलाउँदै गरेको आम्दानीले छोराछोरीको पढाइ खर्च पुर्‍याएर घरपरिवार समेत हेर्दै आइरहनुभएको छ । उहाँ भन्नुहुन्छ ,'जहाँ गए पनि काम त गर्नैपर्छ । कुनै पनि काम सानो ठुलो हुँदैन त्यसैले कामलाई निरन्तरता दिने हो भने अवश्य सफल भइन्छ ।' दाहाल साँच्चिकै मिहिनेती आमा हुनुहुन्छ । 

(रुटिनअफ नेपाल बन्दकाअनुसार) Story. Suresh Timalsina

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार