एजेन्सी । टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गाजामा नरसंहार गरेको आरोपमा उनीहरुविरुद्ध अंकाराले उक्त कदम चालेको हो । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार टर्की सरकारको उक्त कदमको इजरायलले कडा विरोध गरेको छ।
इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए। उनले टर्कीको उक्त कदमलाई त्यहाँका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यासको संज्ञा दिएका छन् ।
इस्तानबुल अभियोजकको कार्यालयले विज्ञप्ति जारी गरी कुल ३७ संदिग्धविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जनाएको छ। पूर्ण सूची भने जारी गरिएको छैन।
यसमा इजरायली रक्षामन्त्री इजरायल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन ग्विर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल इयाल जामिर छन्।
टर्कीले यी अधिकारीहरूलाई ‘नरसंहार र मानवताविरुद्धको अपराध’ गरेको आरोप लगाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com