Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

उद्योगी तथा व्यवसायीहरुलाई उच्च मनोबलका साथ काम गर्न गभर्नरको आग्रह

उद्योगी तथा व्यवसायीहरुलाई उच्च मनोबलका साथ काम गर्न गभर्नरको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी तथा व्यवसायीहरुलाई उच्च मनोबलका साथ काम गर्न सुझाएका छन् ।

आज शनिवार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिएर उच्च मनोबलका साथ काम गर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् । 

गभर्नर पौडेलले नयाँ बिजनेस बनाएर अघि बढ्न सके केही दुर्घटना परेजस्तो देखिएको नेपालको उद्योग व्यवसाय सुधार हुने अवस्था रहेको समेत बताए। ढकालले भने, ‘नयाँ विजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस् । एउटा दुर्घटनाजस्तो भयो । तर वैधानिक गभर्मेन्ट छ । हामीहरू सबै तपाईँहरूसँग कम्युनिकेसनमा बसिराखेका छौँ ।’ 

उनले केही समयपछि जन निर्वाचित सरकार बन्ने भन्दै उद्योग क्षेत्रको विकासमा अघि बढ्न निजी क्षेत्रले निराश हुनुनपर्ने स्पष्ट पारे । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार