Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
२६औं वार्षिक साधारणसभा

सदस्य सेवामा नमूना सहारा महिला साकोसले सम्पन्न गर्यो २६औं वार्षिक साधारणसभा

सदस्य सेवामा नमूना सहारा महिला साकोसले सम्पन्न गर्यो २६औं वार्षिक साधारणसभा

धादिङवेसी । सहारा महिला बचत तथा ऋण सहकारी संस्था लि. को २६ औं वार्षिक साधारणसभा २०८२ कार्तिक २२ गते शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्वती राई खाँडको अध्यक्षतामा नीलकण्ठ ३, धादिङवेसीमा रहेको नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयको प्राङ्गणमा बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

धादिङवेसीको शान्तबजारमा सुविधासम्पन्न कार्यालय रहेको सहारा महिला बचत तथा ऋण सहकारी संस्था महिलाहरुद्धारा सञ्चालित धादिङ जिल्ला कै अग्रणी संस्थाको रुपमा परिचित छ । सुशासन र सदस्य सेवामा उत्कृष्ट कार्य गरेको सहकारी संस्थाले २०७३ सालमा नेपाल भरको उत्कृष्ट महिला बचत तथा ऋण सहकारी संस्थाको रुपमा सम्मानित भएको थियो । त्यसैगरी संस्थाले नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघद्धारा सञ्चालित नेपाल स्तरको गुणस्तर सुनिश्चितता कार्यक्रम अन्तरगत सन् २०१७ मा “प्रोबेशन ब्राण्ड” समेत पाउन सफल भएको थियो ।

3.jpg
२६ औं वार्षिक साधारणसभा

कुल ३ हजार ४० सक्रिय शेयर सदस्यहरु रहेको यस संस्थामा गत असार मसान्तसम्ममा कुल रु. २६ करोड ४५ लाख ४३ हजार ६ सय ८४ वासलात र रु. २ करोड २८ लाख ५५ हजार २ सय शेयर पूँजी रहेको छ । त्यसैगरी सदस्यहरुबाट रु. १८ करोड ८७ लाख १६ हजार ९ सय ३७ बचत संकलन गरेको यस संस्थाको जगेडा कोषमा रु. १ करोड ३२ लाख ९९ हजार १ सय ८२ रहेको संस्थाका कोषाध्यक्ष खिलकुमारी पोखरेलले साधारणसभामा सदस्यहरुलाई जानकारी दिनुभएको छ । 

त्यसैगरी सदस्य सेवामा अब्वल संस्थाले वित्तीय कारोबारका साथै सदस्यहरुको लागि रु. ३० हजारसम्मको मृत्यु राहत कार्यक्रम, रु. २५ हजारसम्मको औषधि उपचार सहयोग र सुत्केरी पोषण सहयोग उपलब्ध गराउँदै आएको संस्थाकी सचिव भगवती तिवारीले साधारणसभामा जानकारी गराइन् । सदस्य सेवामा नमुना कार्य गर्दै आएको यस संस्थाले सदस्य शिक्षा, वित्तीय साक्षरता र सदस्यहरुको आर्थिक अवस्था सुधारका लागि उपलब्ध गराउँदै आएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडीले जानकारी दिए ।

साधारणसभाको अवसरमा संस्थाको उद्देश्य अनुसार कार्यगर्ने असल सदस्यहरु मध्ये ४८ जना शेयर सदस्यहरुलाई पुरस्कृत र सम्मानित गरिएको थियो । त्यसैगरी संस्थाका बाल बचतकर्ता मध्ये २०८१ सालको एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याई उत्तिर्ण हुने ९ जना बालबालिकाहरुलाई पनि साधारणसभाको अवसरमा प्रशंसापत्र र रु. १००५ नगदसहित सम्मान गरिएको संस्थाले जानकारी गराएको छ ।

1.jpg
२६ औं वार्षिक साधारणसभा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार