Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

रोजगारी सिर्जनाका लागि पुँजीगत खर्च बढाउनुपर्छः ट्रेड युनियन कांग्रेस अध्यक्ष कुँवर

रोजगारी सिर्जनाका लागि पुँजीगत खर्च बढाउनुपर्छः ट्रेड युनियन कांग्रेस अध्यक्ष कुँवर

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले देशमा रोजगारी सिर्जनाका लागि सरकारले पुँजीगत खर्च बढाउनुपर्ने बताएका छन्।  ट्रेड युनियन कांग्रेसले आज सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलन उनले चालु खर्च अत्यधिक हुने तर विकास खर्च नहुने उल्लेख गर्दै चालु खर्चलाई न्यूनीकरण गरेर विकास खर्च बढाउनुपर्नेमा जोड दिए। नेपालमा हाल विकास न्युन मात्रै हुने गरेको उनले बताए।

राज्यले छुट्याएको सबै विकास खर्चको काम भएमा देशमा नै रोजगारिको लागी आधार तयार हुने उनले बताए। रोजगारी सिर्जनाको लागि सरकारले स्वरोजगारका कार्यक्रमहरु सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए। 

सरकारले उद्योग व्यवसाय गर्ने सहज वातावरण बनाउनुपर्ने पनि उनको भनाइ छ। उनले सीपयुक्त जनशक्ति निर्माणको लागी विद्यालय तहमा नै यसको वातावरण बनाउनुपर्ने पनि उल्लेख गरे।

कुँवरको भनाइ 

अहिले राज्यको के छ भने विकास खर्च भइरहेको छैन। चालु खर्च अत्याधिक भइरहेको अवस्था छ। हामी के भनिरहेका छौँ भने चालु खर्चलाई न्यूनीकरण गर्नुपर्‍यो र विकास खर्चलाई बढाउनपर्‍यो। त्यसको लागी राज्यले छुट्याएको ठुलो अंक छ, त्यसको २५ प्रतिशत पनि रकम खर्च हुँदैन। यर्थाथमा त्यो कामहरु भयो भने रोजगारीको आधार तयार हुन्छ भन्ने हामीलाई लागेको छ । अहिले हामीले के पनि भन्ने गरेका छौँ भने रोजगारीको लागी स्वरोजगारका कार्यक्रमहरु ईन्टरप्रेनरसिपहरु बन्नुपर्‍यो। उद्योग, व्यवसायलाई काम गर्ने वातावरण दिनुपर्‍यो। त्यो अवस्था भयो भने त्यहाँबाट रोजगारीहरु सिर्जना हुनसक्छ। उद्योग व्यवसायलाई जुन किसिमको संरक्षण, प्रोत्साहण हुनुपर्ने थियो, त्यो भईरहेको छैन। राज्यले त्यो गर्नुपर्‍यो। 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार