Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्छ

राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्छ

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। आज सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने सुझाए ।  

उनले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाइ नगर्न नेपाली कांग्रेसलाई पनि सचेत गराए। कांग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सिर्जना हुने उनको ठम्याइ थियो ।

पूर्वराष्ट्रपति यादवले मुलुक जेन–जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जान कुनै समस्या नभएको उल्लेख गरे। उनले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको समेत बताए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार