Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

शिवम् सिमन्टले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेसँगै विद्युत लाइन पुनः जोडियो

शिवम् सिमन्टले विद्युत महसुल बक्यौताको पहिलो किस्ता तिरेसँगै विद्युत लाइन पुनः जोडियो

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको शिवम् सिमेन्टले बक्यौता रकमको पहिलो किस्ता नेपाल विद्युत प्राधिकरणलाई तिरेको छ। किस्ता तिरेसँगै काटिएको विद्युत लाइन समेत जडान गरिएको छ।   

मकवानपुरको हैटौंडामा सञ्चालित शिवम् सिमेन्टले विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम सोमबारबाट तिर्न सुरु गरेको हो। पहिलो किस्ता तिरेपछि गत कात्तिक ४ गते काटिएको विद्युत लाइन समेत जडान गरिएको छ।  

शिवम्‌ले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो। शिवम्‌को ६६ करोड ८९ लाख  रुपैयाँ बक्यौता रहेको छ। 

शिवम्‌ले बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बापतको २ करोड ३८ लाख रुपैयाँ बुझाएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार