Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जेनजी आन्दोलनमा भएको क्षतिको ३ अर्ब ६८ करोड बीमा दाबी भुक्तानी

जेनजी आन्दोलनमा भएको क्षतिको ३ अर्ब ६८ करोड बीमा दाबी भुक्तानी

काठमाडौं । सेप्टेम्बरको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीबापत ३ अर्ब ६८ करोड रुपैयाँ भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कुल २३ अर्ब ४६ करोड ९१ लाख दाबीमध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी ३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ भुक्तानी भएको हो । 

निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्यांकअनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९३ वटा दाबीको १९ अर्ब ४ करोड ९ लाखमध्ये २ अर्ब ९२ करोड ८६ लाख रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणले बताएको छ । 

यस्तै, मोटर बीमातर्फ २ हजार २९० वटा दाबीको ३ अर्ब ४७ करोड ७ लाखमध्ये ६८ करोड ६१ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।

यसैगरी, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको ५४ करोड ७५ लाख रुपैयाँ दाबी रकममध्ये ६ करोड २३ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको १ करोड ६८ लाख दाबी रकममध्ये ४७ लाख रुपैयाँ र अन्य बीमातर्फ ४२ वटा दाबीको ३९ करोड ३० लाख रुपैयाँ दाबी रकममध्ये २३ लाख रुपैयाँ अग्रिम भुक्तानी दिइएको प्राधिकरणले जनाएको छ । 

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई हालसम्म २ अर्ब ४८ करोड १० लाख रुपैयाँ अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ । नेपाल पुनर्बीमा कम्पनीमा परेको कुल २ हजार ८५७ वटा पुनर्बीमा दाबीको दाबी रकम १५ अर्ब ८२ करोड ७० लाख रुपैयाँ रहेको अद्यावधिक तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार