Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

चीन भन्छ-युवाहरुले खर्च गर्नुपर्छ तर उनीहरु मितव्ययीता अपनाउँछन् !

चीन भन्छ-युवाहरुले खर्च गर्नुपर्छ तर उनीहरु मितव्ययीता अपनाउँछन् !

एजेन्सी । चीन यतिबेला थुप्रै आर्थिक चुनौतीहरुसँग जुध्दैछ । उ चाहन्छ आफ्नो भावी पुस्ताका उपभोक्ताहरुले सबैको भलोका लागि खर्च गरुन् । खर्च गर्ने बानी विकास गरुन् जसले गर्दा बजार पनि चलायमान होस् तर उसले चाहेको जस्तो चाहना छैन युवाहरुको । युवाहरुलाई खर्च गर्नका लागि आश्वस्त पान सकिरहेको छैन चीन ।

बीबीसीमा प्रकाशित समाचारका अनुसार अपर्याप्त आन्तरिक खपत आर्थिक वृद्धिका लागि चीनको प्रमुख चुनौती हो । तर, भर्खरै ग्रयाजुटे गरेका युवाहरु खर्चका मामिलामा अपेक्षा गरेभन्दा संयमित हुनुका धेरै कारण छन् । केही समयदेखि युवा बेरोजगारी २० प्रतिशतभन्दा कमको अवस्थामा रहेको छ । जागिरे युवाहरु पनि कतिखेर खोसिने हो भन्ने चिन्तामा छन् । त्यसमाथि ठूला शहरहरुमा हालै उत्पन्न प्रपर्टी क्राइसिसका कारण घरजग्गा खरिद गर्ने वा मालिक बन्ने कुरा धेरै युवाहरुको लागि टाढाको सपना बन्ने देखिदैछ ।

यी विविध कारण गर्दा चिनियाँ युवाहरु मितव्ययीता अगाल्दैछन् । त्यसमाथि सामाजिक सञ्जालहरुमा कसरी थोरैभन्दा थोरै पैसा वा आम्दानीमा जीवन यापन गर्न सकिन्छ भन्ने टिप्सहरुको बाढी नै आइरहेको छ । एक पूर्णकालीन सामाजिक सञ्जाल इन्फ्लुएन्सरले भने मेरो काम भनेकै कमभन्दा कम खर्च गरेर जीवन बाँच्ने भन्ने हो । यसैगरी, सामाजिक सञ्जालमा सक्रिय युवाहरुले मितव्ययीता बढाउने कन्टेन्टलाई प्राथमिकता दिएका छन् । यस्ता कन्टेन्टहरु बढी रुचाइएका पनि छन् । अरु धेरै युवाहरु बजेट इटिङमा ध्यान दिन थालेका छन् ।

अर्का एक युवा सामाजिक सञ्जालमा कसरी कम खर्च गरेर खान सकिन्छ भनेर सामाग्रीहरु पोष्ट गर्दै अरुलाई पनि प्रेरित गर्छन् । घरेलु खर्च नबढाए चीनले भविष्यमा थप आर्थिक चुनौती सामना गर्नुपर्नेतर्फ विश्लेषकहरुले सचेत तुल्याएका छन् । खासगरी अमेरिकासँगको सम्बन्धका कारण चीनको आर्थिक स्थितिमा गडबढी हुने आशंका विश्लेषकहरुले गरेका छन् ।

अर्को भनेको आजका चिनियाँ युवाहरु सन् १९९० र २००० को भन्दा बढी निराशावादी भेटिएका छन् । मध्य बेइजिङकी एक कामकाजी युवती भन्छिन्म, 'लाई अहिले पैसा कमाउनु सबैभन्दा महत्वपूर्ण कुरा छ । त्यसका लागि आम्दानी बढाउने र खर्च घटाउने पनि योजना छ ।  मलाई थाहा छैन, यो जागिर कति दिन रहन्छ । जागिर पाउन कठिन छ ।'

चीनीयाँ स्वभाव नै खर्च भन्दा बढी जोगाउने भएको अध्येताहरु बताउँदछन् । तर, उपभोगको संस्कृति विकास नभएसम्म आर्थिक अवस्था चलायनमान नहुने तर्क अर्थ मामिलाका जानकारहरुको छ ।राज्यको अपेक्षा र युवाहरुको आशंकाबीच तालमेल नमिलिरहेको अवस्था अहिले चीनमा व्याप्त छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार