काठमाडौं । थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्यूट अफ टेक्नोलोजि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच नेपालको विपद् व्यवस्थापनमा सहकार्यका विषयमा छलफल भएको छ । प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्ट र एआइटीको स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजिका डिन प्रोफेसर संगम श्रेष्ठबीच सम्पन्न बैठकमा नेपालको ग्लफ, पहिरो, बाढीलगायतका विपद्को अध्ययन गर्न सहकार्य गर्ने विषयमा छलफल भएको हो ।
दुईबीच एआइ मोडुल विकास गरी भूकम्पले क्षति पुगेका घर तथा भवनहरुको विस्तृत क्षति अध्ययन (ड्यामेज ग्रेड डिटेक्सन) गर्नेबारे पनि छलफल भएको थियो । यसैगरी नेपाली विद्यार्थीहरुका लागि उक्त विश्वविद्यालयमा इन्टर्नसीप गराउन सहजीकरण गर्ने विषयमा पनि छलफल भएको थियो। यसका लागि प्राधिकरण र विश्वविद्यालयले सम्झौता ९ःइग्० गरेर सहकार्यलाई अघि बढाउने कुरा भएको प्रोफेसर श्रेष्ठले जानकारी गराए ।
छलफल पश्चात कार्यकारी प्रमुख भट्टले उक्त विश्वविद्यालयको वाटर इन्जिनियरिङ्ग एण्ड मेनेजमेन्ट (WEM) मा रहेको हाइड्रोलिक्स ल्याव र एआइ एण्ड सिमुलेसन ल्यावको पनि अवलोकन गर्नु भयो। डब्लुइएममा सिनियर ल्याव सुपरभाइजर डा।डिवेश खड्का र सिमुलेसन ल्यावका ल्यावोरेटोरी मेनेजर डा।सनित अरुणप्लोडले ल्यावले गरिरहेको अध्ययन अनुसन्धानबारे जानकारी गराउनु भएको थियो। उक्त अवसरमा नेपालको हिमाली क्षेत्रमा पछिल्लो चुनौतीका रुपमा देखा परेको सिमापार सूचना आदान प्रदानमा आर्टिफिसियल इन्टेलिजेन्सको कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे र विपद्को अध्ययन अनुसन्धानमा ड्रोन प्रयोगको संभाव्यताबारे पनि छलफल भएको थियो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com