काठमाडौं । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका कर्मचारीले अब हप्तामा अनिवार्य दुई दिन कार्यालय समयमा जातीय भेषभूषा लगाउनुपर्ने भएको छ ।
गत चैत १ गते सो पालिकाका अध्यक्ष राईको अध्यक्षतामा सम्पन्न कार्यपालिकाको बैठकले सो निर्णय गरेको र यही वैशाख १ देखि लागू गरिएको पालिकाका उपाध्यक्ष पुष्पकुमार राईले जानकारी दिए ।
गत सोमबार प्रशासकीय अधिकृत ताराकिरण राईले अबदेखि अनिवार्य आइतबार र सोमबार जातीय भेषभूषामा कार्यालय समयमा कर्मचारीहरू उपस्थित हुनुपर्ने सूचना जारी गरेका छन् । 'पालिकाभित्र बसोबास गर्ने जातजातिहरूको संस्कृति सँस्कारको संरक्षण गर्न र पालिकालाई पर्यटन प्रवर्द्धन गर्न यस्तो निर्णय गरिएको हो,' अध्यक्ष राईले भने।
गाउँपालिकाभित्रका जाति, भेषभूषा, भाषा, संस्कृतिको संरक्षण गर्ने कार्यपालिकाको दायित्व भएकाले यस्तो नीति लागू गरिएको उनको भनाइ छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com