Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
नयाँदिल्ली बैठक

कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह

कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह

काठमाडौं । नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराध नियन्त्रणका विषयमा नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकमा छलफल भएको छ  । भारतको नयाँदिल्लीमा हिजोदेखि शुरू बैठकमा नेपालले कैदीबन्दी पक्राउ र लुटिएका हतियार नियन्त्रणमा सहयोग गर्न भारतलाई आग्रह गरेको छ ।

फरार कैदीबन्दी र लुटिएका हतियारका कारण सुरक्षा चुनौती थपिएको भन्दै नेपालले नियन्त्रणमा सहयोग तथा सहजीकरणका लागि भारतीय पक्षसँग आग्रह गरेको हो । बैठकमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियारका कारण दुबै देशमा सुरक्षा चुनौती हुनसक्ने भएकाले मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

जवाफमा भारतीय समकक्षी सशस्त्र सीमा बल एसएसबीका महानिर्देशक सञ्जय सिंघलले यसबाट दुबै देशका लागि सुरक्षा चुनौती थपिएको भन्दै नियन्त्रणमा सहयोग गर्ने वचन दिए । सीमामा नेपालीमाथि हुने दुर्व्यवहार, लुटपाट रोक्नुपर्ने, भारतबाट आउने लागुऔषध नियन्त्रण गर्नुपर्ने, राजस्व छली रोक्न सहकार्य बढाउनुपर्नेमा नेपाली पक्षले जोड दिएको छ ।

भोलिसम्म चल्ने बैठकमा यसअघिका बैठकका समीक्षा र आगामी रणनीतिसहित विभिन्न विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार