Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त

काठमाडौं । नेपालका लागि जिली इएक्स फाइभको आयातकर्ता एलआरआर मोटर्स्ले देशैभरि डिलर बिस्तार गर्ने आफ्नो रणनीतिक योजनाअन्तर्गत बुटवल क्षेत्रका लागि सोमार्जुन मोटर्स्लाई आधिकारीक डिलर नियुक्त गरेको छ।

बुटवल र आसपास क्षेत्रका लागि जिली इएक्स फाइभका इभी स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यसहित सोमबार आयोजित एक विशेष समारोहमा सोमार्जुन मोटर्स्द्वारा नवनिर्मित शो–रूमको औपचारिक उद्घाटनसमेत गरिएको थियो।

एलआरआर मोटर्स्ले यस वर्षभित्र देशभरी जम्मा १४ वटा डिलर नियुक्त गर्ने घोषणा गरेको थियो । 

हिजो उद्घाटन कार्यक्रमको अवसरमा सोमार्जुन मोटर्स्ले दुईवटा जिली इएक्स फाइभ म्याक्सको बिक्री हस्तारण गरेको छ। पहिलो दिनमै दुईवटा इएक्स फाइभको बिक्रीले यस क्षेत्रमा जिली ब्राण्डको लोकप्रियता र ग्राहकको रुचिलाई दर्शाएको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहसँगै नयाँ डिलर–शो–रूमले पूर्ण रूपमा सञ्चालनको थालनी गर्दै बुटवल तथा आसपास क्षेत्रका ग्राहकका लागि जिलीका विश्वप्रसिद्ध इएक्स फाइभ म्याक्स र प्रो मोडेलको बिक्री, बिक्रीपछिको सेवा तथा स्पेयर पाट्र्सको सहज उपलब्धता गराउनेछ।

Gleey-1-scaled.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार