काठमाडौं । आज बाला चतुर्दशी अर्थात् शतबीज छर्ने दिन। पितृ उद्धारको कामना गर्दै भक्तजनहरुले आज मुलुकभरका विभिन्न शिवालयहरुमा शतबीज छर्ने कार्य भैरहेको छ । हिजो मंगलबार राती पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले छत बीज छरेका हुन् । हिन्दु धर्मावलम्बीहरूले मङ्सिरको कृष्ण पक्षको चतुर्दशीलाई विशेष रूपमा लिने गर्छन् ।
देशभरका शिवालयहरुमा आज ब्रम्ह मुहुर्तदेखि शतबीज छर्ने चलन छ । आफ्ना परिवारबाट मृत्युवरण गरेकाको सम्झनामा त्रयोदशीको राति महाद्वीप बाली जाग्राम बसेर चतुर्दशीको बिहान शतबीज छर्ने चलन छ । शिवालयमा शतबीज छर्नाले मृत आत्माले वर्षभरि खान पाउने तृप्ति हुने विश्वास गरिन्छ।
आज बिहानै मृतकका आफन्तले शिवालयहरूमा शतबिज छर्ने गर्छन ।शत बीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेको भक्तजनहरुले भनाइ छ । यो उनीहरुको आस्था र विश्वास पनि हो ।
हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौँ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शत बीजका रूपमा छर्ने गरिन्छ ।
काठमाडौंको थलीस्थित कोलमतेश्वर महादेव मन्दिर परिसरमा पनि भक्तजनहरुले गएराती जाग्राम बसेर दीप बाली आज बिहान शतबीज छरेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com