काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी अभियानको सशक्तिकरणमा उत्प्रेरणामूलक भूमिका निर्वाह गर्ने उद्देश्यका साथ १४ वर्षअघि गठन गरिएको राष्ट्रियस्तरको गैर नाफामूलक संस्था कड्फनमा अब सबै साकोसकर्मीहरु जोडिन सक्ने भएका छन् ।
यही कार्तिक २८ गते काठमाडौंमा सम्पन्न कड्फनको १५ औं वार्षिक साधारणसभाले यसको दायरा बिस्तार गर्दै सबै साकोसकर्मीहरु आवद्ध हुन सक्ने गरी विनियम संशोधन गरेको हो । कड्फन क्रेडिट युनियन डेभलपमेन्ट फाउण्डेशन अफ नेपाल (कड्फन) को संक्षिप्त एवम् प्रचलित नाम हो ।
‘कड्फनलाई देशव्यापी बनाउने, सदस्य सहभागिता बढाउने, गतिविधिलाई चलायनमान बनाउने र साकोस अभियानमा मुद्दाहरु छलफल गर्ने प्लेटफर्मका रुपमा अघि बढाउने उद्देश्यले हामीले यसको विधान संशोधन गरी समयानुकूल बनाएका छौं ’ उक्त संस्थाका अध्यक्ष डिबी बस्नेतनले धिप्री डटकमसँग भने, ‘सञ्चालक समितिको प्रस्तावलाई साधारणसभाले एकमतले पारित गरेको हो ।’
कड्फनको वार्षिक साधारणसभा कार्तिक २८ गते नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नवनिर्मित भवनमा सम्पन्न भएको थियो । सभामा कड्फनका संस्थापक अध्यक्ष मिनराज कंडेलसँगै वर्तमान पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।
२०६८ सालमा गठन गरिएको कड्फनलाई जीवन्त र दायरा फराकिलो बनाउने उद्देश्यसहित साधारणसभाले नेपालको बचत तथा ऋण सहकारी अभियानभित्र रहेका सदस्य र कर्मचारीहरुलाई आजीवन सदस्यता खुला गर्ने निर्णय गरेको हो । कड्फनले चाँडै २ वटा प्रदेशमा साकोस अभियानका समसामयिक विषयमा कार्यक्रम गर्ने तय भएको समेत अध्यक्ष बस्नेतले हामीलाई बताए ।
सभाले यसपूर्व विधानमा उल्लिखित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालक समिति, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत साथै पूर्व सञ्चालकहरू पूर्व लेखा सुपरिवेक्षण समिति र पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सदस्य रहन सक्ने व्यवस्था संशोधन गरी नेफ्स्कूनको बहालवाला र पूर्व संचालक समिति, लेसुस र व्यवस्थापन प्रमुख साथै बचत तथा ऋण सहकारी संघ÷संस्थाहरुका शेयर सदस्यहरु र कर्मचारीहरु सदस्य बन्न सक्ने प्रावधान राख्ने निर्णय गरेको छ ।
कड्फनमा हाल ३० जना आजीवन छन् । साधारणसभाले ७ सदस्यीय सञ्चालक (कार्य) समिति बढाएर एक महिलासहित ९ सदस्यीय बनाएको छ । संस्थामा सदस्य बिस्तारलाई फराकिलो दायरा बनाईएको हुँदा सोही अनुसार सञ्चालक समितिमा ५ जना सदस्य बनाइएको छ । अब अध्यक्ष उपाध्यक्ष सचिव, कोषध्यक्ष र ५ जना सदस्य रहनेछन् । यसैगरी, कड्फन कार्य समितिको कार्यकाल पनि २ वर्षबाट बढाएर ३ वर्षको बनाइएको छ । २ वर्षको अवधि अत्यन्तै छोटो हुने र एक पटक निर्वाचित पदाधिकारीले कम्तिमा पनि त्रिवर्षयि रणनीति योजना तयार गरी उपलब्धि मुलक कार्य गर्न सकोस भन्ने हेतुले पदावधि बढाइएको बस्नेतले जानकारी दिए ।
त्यसैगरी सभाले नेफ्स्कूनको पूर्व तथा वर्तमान सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति मध्येबाट ७५ वर्ष उमेर पुरा गरेका व्यक्तिहरुलाई मानार्थ सदस्यता प्रदान गर्ने निर्णय समेत गरेको छ । कड्फनको बिधानको परिधि भित्र रही तोकिएको फर्म भर्नेहरुलाई मानार्थ सदस्यता प्रदान गरिने कोषाध्यक्ष शिव अधिकारीले बताए ।
आगामी असार मसान्तसम्म ७५ वर्ष ऊमेर पुग्ने नेफ्स्कूनका पूर्व संचालकहरु, पूर्व लेखा सुपरीवेक्षण समिति र बर्तमान संचालक समिति साथै लेसूसहरुलाई आजीवन सदस्य नबनेकाहरुलाई संस्थाको बिधानको परिधि भित्र रही तोकिएको फर्म भरेर मानार्थ सदस्य प्रदान गर्ने निर्णय गरिएको कोषाध्यक्ष अधिकारीले जानकारी गराए ।
साधारणसभाले लेखा परिक्षकको २०८१/०८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदन छलफल तथा अनुमोदन गरेको छ । यस्तै, कोषाध्यक्ष शिव अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल तथा अनुमोदन गरेको छ ।
यस्तै, कड्फनका सचिव.दिपक पनेरुद्घारा प्रस्तुत कार्यक्रम सम्बन्धी प्रतिवेदन उपर छलफल तथा अनुमोदन गरेको छ । सचिव पनेरुले विनियम संशोधनका विषयमा राखेको एजेण्डाहरु सभाले सर्वसम्वत पास गरेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com