काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले नयाँ वर्ष २०८२ को सुरुवातसँगै जङ्गल सफारी सुरु गरेको छ। स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न सफारी सुरु गरिएको निकुञ्जले जनाएको छ । नयाँ वर्ष शुरुभएसँगै निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट जङ्गल सफारी सुरु गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।
पर्यटक बढाउने तथा मानव वन्यजन्तुबिचको द्वन्द्व घटाउने विषयलाई प्रमुख प्राथमिकतामा राखेर सफारी सुरु गरिएको जनाइएको छ । नयाँ वर्ष २०८२ को पहिलो दिनबाट सुरु गरिएको जङ्गल सफारीका क्रममा बाघ, चौका, चित्तल, रतुवा, जरायो, बँदेललगायतका वन्यजन्तुको दृश्यावलोकन गरिएको थियो ।
निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन जङ्गल सफारीले सघाउ पुग्ने उल्लेख गर्दै बाँके राष्ट्रिय निकुञ्जले वन सप्ताह पनि चलिरहेको हुँदा जङ्गल सफारी निरन्तर जारी रहने जनाइएको छ । खडकवार, हात्तीसारबाट सुरु हुने जङ्गल सफारी तीन घण्टामा अगैयासम्म पुगेर सकिने छ ।
२०६७ सालमा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जमा सन् २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको थियो। जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्य अनुरुप निकुञ्जमा विभिन्न काम हुँदै आएका छन्। करिब ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी जनावर र चराका विभिन्न प्रजाति पाइन्छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com