६ मंसिर, ललितपुर। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ललितपुरद्वारा आयोजित अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता आजदेखि नक्खु स्थित श्रीकुल स्कुलमा सुरु भएको छ।
ललितपुरका २५ विद्यालयवाट ६८ जना विद्यार्थी खेलाडीको सहभागिता सहित सञ्चालन भइरहेको दुईदिने प्रतियोगितामा सीनियर ब्वाइज, सीनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरी चार समूहमा प्रतिस्पर्धा भइरहेको छ।
प्रतियोगितामा फ्युचर स्टारका स्कुलका शुभ श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दै पूर्ण ४ अंक सहित अविजित अग्रस्थान हासिल गर्न सफल भएका छन्। सिनियर तर्फ तीनजना खेलाडी विलियम पब्लिक स्कूलका रिक्की महर्जन, पाठशाला स्कुलका ओस्कार पन्थी र प्याराडाइज स्कूलका प्रणव पाण्डेले समान ३।५ अंक जोडेर संयुक्त दोस्रो स्थानमा रहन सफल भएका छन्।
यस्तै भ्याली पब्लिक स्कुलका शैलेश बस्नेत, माउण्ट ओलिभ स्कूलका सन्दीप श्रेष्ठ र नाजररेट स्कूलका विश्वराज राय ३ अंक सहित संयुक्त तेस्रो स्थानमा छन्। यसैगरी जुनियर ब्वाइज समूहमा भ्याली पब्लिक स्कूलका प्रतिक ढुंगेल, विलियम पब्लिक स्कूलका सोयस राई र जुगल स्कूलका निकेश राउत तीनै जना खेलाडीले समान ३।५ अंक जोडी शीर्ष स्थानमा बराबरी कायम राखेका छन्।
यता सिनियर गर्ल्स समूहमा आदर्श विद्या सदन का कृषा खतिवडा ३ अंकसहित अग्रस्थानमा छिन् भने नाजरत स्कूलका अनुष्का श्रेष्ठ र विलियम पब्लिक स्कुलका कृतिका लामा दुवै २।५ अंकका साथ पछ्याइरहेका छन्।
जुनियर गर्ल्स समूहमा श्रीकुल स्कुलका प्रकृति थापा र फ्यूचर स्टार स्कूलका ग्लोसी श्रेष्ठ ३–३ अंक बोकेर संयुक्त शीर्ष स्थानमा छन्। आदर्श विद्या सदनका सबिना श्रेष्ठ र प्रेरणा स्कूलका जोया राईले २ अंक जोड्दै प्रतिस्पर्धा कायम राखेका छन्।
खेल पूर्व निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनका अध्यक्ष ताराप्रसाद खनालले बौद्धिक बुद्धिचाल खेललाई विद्यालय स्तरमा पुर्याउने प्रयास सफल भएको बताएका छन्। अध्यक्ष ताराप्रसाद खनालले विद्यार्थी छात्र छात्राहरू बुद्धिचाल खेल मार्फत तिक्ष्ण बुद्धि, स्मरण शक्ति, कार्ययोजना तय, अनुशासित इत्यादि राम्रा कुरा जीवनमा अवलम्बन गर्ने भएको कारण प्रत्येक विद्यालयले बौद्धिक बुद्धिचाल खेललाई पाठ्यक्रममा राख्दै अगाडि बढ्नुपर्ने कुरा राखेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com