Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

आज सत्य साई बाबाको १००औं जन्मजयन्ती ; विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

आज सत्य साई बाबाको १००औं जन्मजयन्ती ; विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै

'साँचो सुख र शान्ति बाहिर नभई आफ्नै अन्तरमनमा हुन्छ। यसको अनुभूति गर्न भौतिक मोह त्यागेर प्रेम, निस्स्वार्थ सेवा र ईश्वरको निरन्तर स्मरण गर्नुपर्छ। विनम्रता र करुणा जस्ता मानवीय मुल्यहरू अपनाउँदै “प्रेम नै भगवान् हो” भन्ने भावले जिउँदा मात्र जीवन सार्थक र शान्तिमय बन्छ ।'


'प्रेम, धैर्य, सहिष्णुता, दृढता,दया, दान आदि निष्कलंक चरित्र निर्माणका लागि आवश्यक सद्गुणहरू हुन्। तिमी  निष्कलंक चरित्र निर्माणका लागि   निरन्तर प्रयासरत रहनुपर्दछ।'

यस्ता विचार राख्ने सत्य साई बाबाको आज अर्थात् २३ नोभेम्बरका दिन १०० औँ जयन्ती पर्दछ । यो वर्ष साई बाबाको शताब्दीऔं जन्मजयन्ती पनि हो । सोही कारण वर्षभर नै विशेष र विविध कार्यक्रम गरी वर्षभरका साई भक्तहरुले उहाँको जन्मजयन्ती मनाइरहेका छन् ।  आज उहाँको जन्मको दिन विश्वभर विविध कार्यक्रमहरु आयोजना गरिएका छन् ।  

आजकै दिन सन् १९२६ मा भारतको आन्द्र प्रदेश राज्यको अनन्तपुर जिल्लास्थित अत्यन्त दुर्गम गाउँ पुट्टपर्तिमा साइबाबाको जन्म भएको थियो । १४ वर्षकै उमेरमा उहाँले आफ्नो अवतार घोषणा गरी घरवार त्याग गर्नुभयो । उहाँकै जीवनकालमा दुर्गम गाउँ पुट्टपर्तिले संसारको ध्यान तान्न सफल भयो। साइबाबाकै कारण क्रमशः त्यो गाउँ सम्पूर्ण सुविधायुक्त सहर बन्यो।पुट्टपर्तिमा अहिले विश्वकै उत्कृष्टमध्येमा गनिने श्री सत्य साइ विश्वविद्यालय, विश्वकै उत्कृष्टमध्येमापर्ने अस्पताल श्री सत्यसाइ सुपरस्पेसालिटी हस्पिटल, विमानस्थल, रेल्वे स्टेसन, बस स्टेसन, पिउने पानीलगायत सम्पूर्ण सुविधा उपलब्ध छ। त्यहाँ सामान्य रोगदेखि ओपन हार्ट बाइपास सर्जरी र औषधीसमेत निःशुल्क उपलब्ध छ। अति दुर्गम गाउँ पुट्टपर्तिको कायापलट भएजस्तै साइबाबाका उपदेशलाई आफ्नो जीवनमा अभ्यास गर्ने विश्वका हजारौं मानिसमा पनि सकारात्मक परिवर्तन आएको पाइन्छ। आज विश्वभर छरिएर रहेका साइभक्तहरू बाबाको शुभजन्मोत्सव श्रद्धाभक्तिका साथ मनाइरहेका छन्। 

हुनत साइबाबा आफ्नो जन्मदिन सम्बन्धमा भन्नुहुन्छ, 'आजको दिन तिमीहरू मेरो जन्मोत्सव मनाउँछौ। क्यालेन्डरअनुसार आज मेरो जन्म दिन हो। वास्तवमा जुन दिन तिमीले मेरो उपदेशलाई व्यवहारमा उतार्ने प्रयास गर्छौ र मेरो निर्देशन पालना गर्न थाल्दछौ त्यसै दिन तिम्रो लागि मेरा जन्म दिन हो। त्यसैले प्रत्येकले मनाउने मेरो जन्म दिन अलगअलग हुनसक्छ।'

आजको दिन साई बाबाका जीवनोपयोगी उपदेश स्मरण गर्दै जन्मोत्सव मनाउनसक्दा सबैको भलो हुने देखिन्छ। बाबाका अनुसार सबै धर्म एउटै गन्तव्यमा पुग्ने विभिन्न मार्ग हुन्। सबैले यो तथ्यलाई आत्मसात् गर्नुपर्छ। धर्म एउटा मात्र छ– प्रेमको धर्म। जात एउटा मात्र छ– मानव जात, भाषा एउटा मात्र छ– हृदयको भाषा र ईश्वर एउटै छन्– सर्वव्यापक ईश्वर। अध्यात्मिक शिक्षाको महत्व र आधुनिक शिक्षकमा हुनुपर्ने गुणका सम्बन्धमा बाबाको उपदेश छ– आधुनिक शिक्षाले मात्र चरित्रनिर्माण हुँदैन। चरित्रनिर्माणका लागि अध्यात्मिक शिक्षाको जरूरत छ। अध्यात्मिक शिक्षा महासागर हो भने भौतिक अर्थात् आधुनिक शिक्षा सानासाना खोलानालाजस्तै हुन्। नदीलाई विनासबाट बचाउन दुवैतर्फ बाँध बाँधेर नियन्त्रण गरेजस्तै मानव जीवनरूपी नदीलाई नियन्त्रण गर्न पनि दुई वटा बाँध आवश्यक छ।

पहिलो, ;श्रद्धावान लभते ज्ञानुं र दोस्रो, 'संशायात्मा विनश्यतिु। अध्यात्मिक विद्याको मुख्य सार यही हो। अध्यात्मिक शिक्षालाई उपेक्षा गरेका कारण अचेल अत्याचार, नराम्रो वातावरण र गलत विचार बढेको छ। यो बढ्नुमा शिक्षकको पनि हात रहेको हुन्छ। जब माथिको ट्यांकीमा पानी हुन्छ तबमात्र धारामा पानी आउँछ। ट्यांकीमा स्वच्छ पानी छ भने धारामा स्वच्छ पानी आउँछ। ट्यांकीको पानी धमिलो फोहोर छ भने त्यस्तै फोहोर पानी धारामा आउँछ। ट्यांकी र धाराजस्तै शिक्षक र विद्यार्थीको सम्बन्ध हुन्छ। बाबा शिक्षकलाई चेतावनी दिन्छन्– शिक्षक धन निर्माता होइन, मानव निर्माता बन्नुपर्छ। गुरू त अलार्म घडी जस्तै हुनुपर्छ, जसले अज्ञानको अन्धकारबाट शिष्यलाई जगाउन सकोस्। 

आध्यात्मिक साधना र सत्संगका सम्बन्धमा साइबाबाको उपदेश छ– 'सर्वदा सर्व कालेसु सर्वत्र हरि चिन्तयत्।' आफ्नो पेसाअनुसार कार्य गर्दा, यात्रा गर्दा वा आराम गर्दा सदा भगवान्लाई स्मरण गर्नुपर्छ। यसले भगवान्को सामिप्यको अनुभव गराउँछ। प्रश्न उठ्नसक्छ यसबाट के पाउन सकिन्छरु जसरी एयरकुलरको नजिक बस्दा शीतल हुन्छ, आगोको नजिक बस्दा न्यानो तथा तातो हुन्छ, त्यसरी नै भगवान्को सामिप्यले सद्गुण प्राप्त हुन्छ। भगवान्को नजिक हुने प्रयासमात्रले पनि दुर्गुण विनास र सद्गुण बृद्धि हुन्छ। सत्संग नै मुक्तिको पहिलो पाइला हो। 

भगवान्मा पूर्णशरणागत भएपछि हाम्रा सम्पूर्ण बोझ भगवान्ले लिइदिन्छन्। यससम्बन्धमा बाबाले दिएको एउटा उदाहरण छ– रेलको यात्रामा निस्कँदा घरबाट स्टेसन नपुग्दासम्म झिटीगुन्टा आफूले बोक्नुपर्छ, रेलभित्र चढिसकेपछि सामान राखेर विश्राम गर्न सकिन्छ। रेल चढिसकेपछि सामान आफूले बोक्नु पर्दैन, रेलले नै बोक्छ। रेलभित्र चढ्नु शरणागति हो। रेल चढेपछि हाम्रो बोझ रेलले बोकेर गन्तव्यसम्म पुर्यारएजस्तै भगवान्मा शरणागत भैसकेपछि हाम्रो जीवनको सम्पूर्ण बोझ भगवान्ले लिन्छन्। भगवान्मा अविश्वास गरेर जीवनरूपी बोझ कसरी उतारौँ भनेर चिन्ता गर्नु भनेको रेल चढिसेकेपछि पनि सामान आफ्नै टाउकोमा बोकिरहनु जस्तै हो। भगवान्मा पूर्णसमर्पणका साथ कर्म गर्दै जाँदा भगवान्ले पूर्ण सुरक्षा दिन्छन्। 

वास्तवमा सत्य साइबाबा ुड्रिल टिचरु हुनुहुन्छ । उहाँ आफ्नो उपदेश व्यवहारमा उतारेर अर्थात् आफै अभ्यास गरेर देखाउँनुहुन्छ । भन्नुहुन्छ, 'मेरो जीवन नै मेरो सन्देश हो।' बाबाले प्रेम र सेवामा जोड दिनुभएको छ । उहाँ स्वयंले निःशुल्क शिक्षा, निःशुल्क औषधोपचार, निःशुल्क पिउने पानी र अरू अनगिन्ति सेवाका आयोजना सञ्चालन गरेर देखाएका छन्। बाबा आफूलाई सत्यबोधक हुँ भन्नुहुन्छ । उहाँको उपदेश सरल छन्। साथै, कठिन तथा बौद्धिक विषयलाई पनि सरल तरिकाले सम्झाउने कला उहाँमा छ।

एकपटक चेन्नईबाट २० जनाको समुह बाबाको दर्शनका लागि पुट्टपर्ति आए। बाबाले तिनको समीप गएर 'समुहमा कति जना छौ ? भनेर सोध्नुभयो । समहुको नेताले जवाफ दिए–२० जना। बाबाले होइन २१ जना भन्नुभयो । समुह नेताले फेरि दोहोर्या एर गनेर भने– हो हामी २० जना नै छौँ। बाबाले भन्नुभयो– होइन तिमीले मलाई गन्ति गर्न बिर्सियौ, म पनि चेन्नईदेखि यहाँसम्म तिम्रै समुहमा थिए भन्नुभयो। उनीहरू खुसी भए, 'अहो भगवान् त हामीसँग हुनुहुँदो रहेछ।' भोलिपल्ट फेरि बाबा त्यसै समुकमा आउनुभयो र उही पुरानै प्रश्न सोध्नुभयो। तुरून्त उत्तर आयो– २१ जना। बाबाले भन्नुभयो– 'होइन ४० जना।' २० को २१ त ठीकै हो, तर ४० कसरीरु सबै छक्क परे। बाबाले प्रष्ट पार्नुभयो– 'म तिमीहरूको प्रत्येकको हृदयमा सँगै थिएँ। त्यसैले २० र २० गरेर ४०।'

पर्सिपल्ट पनि बाबाले पुनः उही प्रश्न दोहोर्योउनुभयो । समुहका नेताले एकछिन अकमकाएर जवाफ दिए– 'स्वामी हामी ४० जना छौँ।' तर, त्यस दिन बाबाको भनाइ आयो– '४० होइन, १ जना। हामी सबै एक हौँ। हामी सबै देवत्व हौँ।' तीन पटकको भेटमा तीनै वटा अलगअलग भनाइबाट सरल तरिकाले बाबाले यति सजिलोसँग वेदलगायत सबै धर्मले वताएको एउटै सत्य 'अद्वैत' को ज्ञान अभ्यासद्वारा दिनुभयो । बाबाका यसअघिका अवतारहरूले दुष्टविनासका लागि विभिन्न अस्त्र लिएर आएको पाइन्छ। बाबाका अस्त्रमा– सत्य, धर्म, शान्ति र प्रेम पर्छन्। बाबाले दुष्टविनासका लागि होइन, सुधारका लागि यी हतियार प्रयोग गरेको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार