काठमाडौं । २०८१ चैत २८ गतेदेखि सिन्धुलीमा सुरु राष्ट्रिय कला महोत्सव आज वैशाख ३ गते सम्पन्न हुँदैछ । यो महोत्सवमा हजारौँ दर्शकले आ–आफ्नो संस्कृति र पहिचानलाई नजिकबाट सिक्न, बुझ्न पाएका छन् । चार रोपनी क्षेत्रफलमा फैलिएको कलाघर परिसरमा धार्मिकस्थल पशुपतिनाथ, बौद्धस्तूपा, भगवान् गौतमबुद्धको जन्मस्थान लुम्बिनी, जानकी मन्दिर, नौतले धरहरा, डम्फु, विश्वकै ठूलो सारङ्गी, मादल, मौलिक घुमाउने घर, लटरम्म फलेको जुनारको बोट, काठ तथा जराबाट बनाइएका कलाहरु, नेपाली मौलिक लोकबाजाहरु, परम्परागत लोपोन्मुख घरेलु तथा कृषि सामग्रीहरु, क्यानभास चित्रहरुलगायतका मौलिक संरचनाहरु कलामा रङ्गिएर बसेका छन् ।
सिन्धुली कलाघर नेपाली मौलिकताको सम्मान, संस्कृति प्रदर्द्धन र सम्पूर्ण कला सिकाइको केन्द्र हो । बाहिरबाट हेर्दा सामान्य देखिने कलाघरभित्र अद्भुत कलाहरु सङ्ग्रहित छन् । गौरीशङ्कर हिमालको टाकुरोबाट टल्किने दृश्य यहीँबाट देखिन्छ। प्राकृतिक सुन्दरता, शान्त परिवेश र प्रेरणादायी वातावरणले यहाँ पुग्ने सबैको मन मोहित बनाउँछ ।
अबको १० वर्षभित्र १९५ मुलुकलाई कलाको स्वरुपमा उतारेर कलाघरलाई ‘विश्व कलाघर’ का रुपमा विकास गर्ने सङ्कल्प लिइएको छ । कलाघरभित्र कला आश्रम पनि बन्नेछ । सिन्धुली कलाघरको समूह नेपाली कला, संस्कृतिको संरक्षण र प्रदर्द्धनमा समर्पित छ । विशेषगरी, लोप हुँदै गएका परम्परागत बाजाहरू बचाइराख्ने कार्यमा कलाघर अग्रसर छ ।
नेपाली संस्कृतिमा कुनै पनि महत्वपूर्ण कार्य साइतमा गरिन्छ, र यस्ता साइतहरूलाई मङ्गलमय बनाउन मङ्गल धुन बजाउने परम्परा छ । जसका लागि अहिले देश–विदेशका धार्मिक, सामाजिक, साङ्गीतिक र सांस्कृतिक समारोहमा कलाकारका पञ्चेबाजा बजाउने महिला कलाकारको माग बढ्दो छ । सिन्धुली कला सङ्ग्रहालयमा राखिएका लोपोन्मुख सामग्री, ऐतिहासिक र सांस्कृतिक कलाकृतिहरू तथा कलाकारहरुको अद्भुत कला अनि सांस्कृतिक प्रस्तुतिहरुले स्थानीय र विदेशी पर्यटकहरूको ध्यान आकर्षित गर्न सफल भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com