काठमाडौं । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आज २०८२ मंसिर ७ गते आइतबार लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एकलाख रुपैयाँ बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।
त्यसैगरी, भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुने गरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी पचहत्तर लाख रुपैयाँ बराबरको चेक २०८२ मंसिर ३ गते अर्थ मन्त्रालयमा अर्थमन्त्री श्री रामेश्वर प्रसाद खनाललाई उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गरेका थिए ।
नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद व्यक्त गरेका थिए । उक्त कोषमा आज मिति २०८२ मंसिर ७ गतेसम्म ९ करोड ३० लाख जम्मा भएको मन्त्रालयले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com