काठमाडौं । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमीको पाँचौँ दिन आज मटकोर विधि सम्पन्न हुँदैछ । मिथिला परम्पराअनुसार विवाह–यज्ञका लागि आवश्यक मण्डप निर्माण गर्न पवित्र माटो ल्याउने यो अत्यन्तै महत्त्वपूर्ण विधि हो । यसअघि, हिजो चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ । बाजागाजा, झाँकी र साधुसन्तको टोलीसहित राम मन्दिरतर्फ परिक्रमा गरिएको थियो ।
त्रेतायुगमा राम र सीताको विवाह भएको स्मरणमा मनाइने यो पर्व मिथिलाको सांस्कृतिक पहिचानको मुख्य आधार हो । सात दिनसम्म चल्ने यस महोत्सवमा दैनिक रूपमा विशिष्ट धार्मिक–सांस्कृतिक विधिहरू सम्पन्न भइरहेका छन् ।
मटिहानी नजिकको लक्ष्मीनारायण मठ क्षेत्र वा पवित्र मानिने पोखरीबाट माटो निकालेर धार्मिक जुलुससहित जानकी मन्दिर पुर्याइन्छ । महिला समूहले आज परम्परागत लोकगीत गाउने गर्छन ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com