काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को कार्तिक २९ गते शनिबार सम्पन्न २१औं वार्षिक साधारणभाले हरिकृष्ण बल्लको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति तथा दामोदर न्यौपानेको अध्यक्षतामा ३ सदस्यी लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन गरेको छ । भक्तपुर बचत संघमा सहज नेतृत्व हस्तान्तरणको परिपाटीले यो पटक पनि निरन्तरता पाएको छ ।
अध्यक्षमा निर्वाचित बल्ल सहकारी क्षेत्रका अनुभवी हुन् । मुलतः भक्तपुर जिल्ला बचत संघमा कोषाध्यक्ष, सचिव र उपाध्यक्ष गरी डेढ दशकभन्दा बढी सञ्चालकीय जिम्मेवारीमा रहेर काम गरेका उनी नेतृत्वको स्वाभाविक आकांक्षी पनि थिए । र, सेकेन्ड म्यान बल्ल अन्ततः फस्ट म्याननै बनेका छन् ।
बल्लले यस्तो बेलामा भक्तपुर बचत संघको नेतृत्व सम्हालेका छन् जतिबेला सहकारी अभियान एकातर्फ राजनीतिक अस्थिरता र सँगै आर्थिक तरलताको अवस्था भोगिरहेको छ । चुनौतीहरुको चाङ छ । उनले जतिसुकै ठूलो चुनौती भएपनि सहज रुपमा पार गर्न सक्ने दाबी गरे । उनले भने, ‘चुनौतीहरु नभएका होइनन् । सहकारी क्षेत्रमा चुनौती नै छैन भन्दैनौं तर भक्तपुर जिल्ला बचत संघ सामूहिकतामा विश्वास राख्ने संघ भएकोले आएका चुनौतीहरुका विषयमा संघमा व्यापक छलफल गर्छौं र सामूहिकताको आधारमा साझा निष्कर्षमा पुग्ने पुरानै परिपाटी भएका कारण विद्यमान चुनौतीहरुको सहज सामना गर्न सक्छौं भन्नेमा हामी विश्वस्त छौं । हामी सामूहिकतामा र सहकारितामा विश्वास गर्ने संघ हौं ।’
यसैगरी, उनले अब बचत संघले नयाँ सञ्चालक समिति निर्वाचित भएसँगै ४ वर्षे रणनीतिक योजना तयार पार्ने र सोही आधारमा आफ्ना कामकारवाही निर्देशित गर्ने जानकारी गराए । बहस पैरवीका सम्बन्धमा अघिल्लो सञ्चालक समितिले अघि बढाएका मुद्दाहरुलाई नै नवनिर्वाचित सञ्चालक समितिले पनि निरन्रता दिने उनले बताए । उनले भने, ‘हामीले नयाँ मुद्दा वा एजेण्डाहरु बोक्नुपर्ने होइन, पुरानै बहसपैरवीलाई निरन्तरता दिने हो । र, रणनीतिक योजनाहरु पनि विगतका राम्रालाई निरन्तरता दिने हो ।’
संघीय संरचना अनुरुप सहकारीहरुको तहगत संरचना निर्धारण गर्नुपर्ने आवाजहरु मुखरित भैरहेको सन्दर्भमा जिल्ला बचत संघकै भविष्य के हो भन्ने प्रश्नमा अध्यक्ष बल्ले भने हामी आफ्नो अस्तित्व रक्षाका लागि जे गर्न पनि तयार छौं । जस्तोसुकै कानूनी उपचार, घेराउ वा तालाचाबी बुझाउने आदि कुराहरु छन् तिनका लागि हामी तयार छौं । तर, यसको निर्णय भने बागमती प्रदेशका १३ वटै जिल्लाका बचत संघको सञ्जालमार्फत एकताबद्ध निक्र्यौलमा पुग्छौं ।’ उनले पुनः जोड दिए, ‘जिल्ला संघहरु भएर सहकारी अभियान बिग्रेको होइन ।’
मुलुकको तरल राजनीतिक र आर्थिक अवस्थाबारे भक्तपुर बचत संघ सचेत रहेको अध्यक्ष बल्लले प्रष्ट पारे । उनले भने, ‘बाह्य कारणले आन्तरिक चुनौतीहरु निश्चित रुपमा देखिएका छन् । ऋण लगानी उठ्न समस्या भएको छ, ब्याज उठ्न सकिरहेको छैन । तरलता थुप्रिएको छ, व्यक्तिगत सदस्यहरुमा निश्चिन्त भएर व्यापार उद्यम गर्ने आत्मविश्वास जागृत भएको छैन । यी यावत विषयहरुमा हामी सही निचोडसहित स्पष्ट कार्यदिशामा अघि बढ्छौं ।' यद्यपि, आन्तरिक रुपमा बचत संघ र उसका सदस्यहरुमा सुशासन, इमानदारी र पारदर्शिता रहेको उनले बताए ।
यसैबीच, नवनिर्वाचित अध्यक्ष बलले बचत संघको पछिल्लो अवस्था, चुनौती, छाता संघहरुसँगको सम्बन्ध आदिबारे केही दिनअघि धिप्री डटकमसँग खुलेर भिडियो कुराकानी गरेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com