Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

विवाहपञ्चमीमा बत्तिसपुतलीस्थित राम मन्दिरको बेग्लै रौनक (भिडियो)

विवाहपञ्चमीमा बत्तिसपुतलीस्थित राम मन्दिरको बेग्लै रौनक (भिडियो)

काठमाडौं । आज विवाह पञ्चमी। त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाइँदै छ । विवाहपञ्चमीकै अवसरमा आज काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरको रौनक पनि बेग्लै थियो ।

रामभजनकीर्तनका साथै वैवाहिक कार्यक्रमले गर्दा मानिसहरुको भीड लागेको थियो । मन्दिर भित्र रामभजन, हनुमान चालिसा तथा विभिन्न धार्मिक पुस्तकहरु पढ्दै गरेका श्रद्धालु भक्तजनहरु पनि देखिन्थे । राम मन्दिरमा भक्तजनको कार्यक्रम दिनभर नै चलिरहेको थियो । धिप्री डटकमले पनि अपरान्हको राम मन्दिरको रौनक क्यामेरामा कैद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार