काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघको एशिया प्रशान्त क्षेत्रीय संगठन-आईसीए एपी को अध्यक्षमा भारतका डा. चन्द्रपाल सिंह लगातार दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । आईसीए एपीको आज श्रीलंकाली राजधानी कोलम्बोमा सम्पन्न वार्षिक साधारणसभा (क्षेत्रीय सम्मेलन) ले उनलाई आगामी ४ वर्षका लागि सर्वसम्मत अध्यक्ष चुनेको हो । अघिल्लो पटक निर्वाचन लडेका सिंह यसपटक भने सर्वसम्मत भएका हुन् । सभाले चीनका अदिली उबुली र इन्डोनेसियाका दातुक सेरी डा. अब्दुल फताह अब्दुल्लाहलाई दुई उपाध्यक्ष निर्वाचित गरेको छ । ११ सदस्यीय आईसीए एपी सञ्चालक समितिका लागि १२ जनाको उम्मेदवारी परेको थियो ।
सिंह भारतीय राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष समेत हुन् । उनीसँग सहकारी क्षेत्रको ३ दशक लामो अनुभव छ । उनले अघिल्लो कार्यकाल अध्यक्ष निर्वाचित हुनुअघि उपाध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेका थिए । आईसीए एपीको उनी पहिलो भारतीय अध्यक्ष पनि हुन् । यसैबीच, अध्यक्षमा दोहोरिएसँगै उनले एशिया प्रशान्त क्षेत्रको सहकारी अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले आफ्नो विजयले यस क्षेत्रमा भारतीय सहकारी अभियानको सशक्त उपस्थिति स्थापित गरेको पनि प्रतिक्रिया जनाएका छन् । यसअघि उनी सन् २०२१ मा दक्षिण कोरियामामा सम्पन्न १५औं वार्षिक साधारणसभाबाट पहिलो पटक आईसीए एपी अध्यक्ष निर्वाचित भएका थिए ।
कोलम्बोमा यही नोभेम्बर २४ देखि २८ सम्म जारी आईसीए एपीको १७औं क्षेत्रीय सम्मेलनकै अवसर पारेर हिजो अर्थात् २६ नोभेम्बरमा १२औं एशिया प्रशान्त क्षेत्रीय कोअपरेटिभ फोरम आयोजना गरिएको थियो । क्षेत्रीय सम्मेलनकै अवसर प्रत्येक दुई वर्षमा आयोजना गरिंदै आएको उक्त फोरम सहकारीलाई दिगो विकासको इन्जिनको रुपमा स्थापित गर्न दिशामा प्राप्त उपलब्धिहरुबारे सामूहिक छलफल गर्ने, साझा रणनीति अवलम्बन गर्ने मञ्चका रुपमा स्थापित छ । २४ नोभेम्बरमा आईसीए एपीको सञ्चालक समितिको बैठक सम्पन्न भएको थियो भने भोलिपल्ट विभिन्न थिमेटिक कमिटीहरुको बैठक गरिएका थिए । सम्मेलन भोलि समापन हुँदैछ । सम्मेलनमा ३२ मुलुकका ८ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com