काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले नेपालमा सार्वजनिक खर्च तथा ऋण व्यवस्थापन सुधार गर्न र संघीय तथा स्थानीय तहमा स्रोत योजना, वित्तीय व्यवस्थापन तथा सेवा प्रवाह सुदृढ बनाउन १० करोड अमेरिकी डलरबराबरको नीतिगत ऋण स्वीकृत गरेको छ । ।
यो कार्यक्रमले वित्तीय दिगोपन सुदृढ गर्ने, सुशासन सुधार गर्ने र स्थानीय तहलाई अझ सशक्त बनाउने सुधारलाई तीव्र बनाउने जनाइएको छ ।
नेपालका लागि एडीबीका निर्देशक आर्नोद कोस्वाले भने, “स्थानीय सरकारले स्रोत योजना तथा आन्तरिक आय आर्जन क्षमता प्रभावकारी रूपमा बढाउन सकेपछि केन्द्रबाट आउने अनुदानमाथिको निर्भरता घट्नेछ, संघीय संरचना मजबुत हुनेछ र दीर्घकालीन सहनशीलता बढ्नेछ ।”
यो पहल नेपाल सरकारको पञ्चवर्षीर्य योजनासँग मेल खान्छ । नेपालमा वित्तीय सुशासन तथा विकेन्द्रीकरण सुधार अघि बढाउन एडीबीले गरेको अघिल्लो सहुलियतपूर्ण नीतिनिर्देशित सहयोगकै आधारमा तयार गरिएको हो ।
कार्यक्रमले खर्च तर्कसंगत बनाउने, राजस्व उत्पादन बढाउने, वित्तीय जोखिम घटाउने, नयाँ वित्तीय स्रोत परिचालन गर्ने तथा सार्वजनिक संस्थानहरूको व्यवस्थापन र सुशासनलाई सुधारेर वित्तीय दिगोपन र वित्तीय संघीयता मजबुत बनाउने विश्वास लिइएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com