काठमाडौं । राष्ट्रिय सहकारी बैंकका सल्लाहकार लिलामणि पोखरेलले बैंकलाई सहभागितामूलक प्रतिनिधित्वको संस्था बनाउनेतर्फ सबै प्रतिनिधिहरु बेलैमा सचेत हुनुपर्ने सुझाव राखेका छन् । निर्वाचनको 'नियर' रहेको बैंकको विषय प्रवेश गराएर उनले विगतमा सहकारीका संघ महासंघहरुमा भएका गलत राजनीतिक प्राक्टिसहरुको विरोध जनाए ।
सहकारी बैंकको २२ औं वार्षिक साधारण सभा अन्तर्गत आज आयोजित निर्णय प्रमाणित केन्द्रीय सभामा बोल्दै पोखरेलले प्रश्न गरे, ‘अब बैंकमा चुनाव हुँदैछ, बैंकलाई क्लब बनाउने कि सहभागितामूलक प्रतिनिधित्वको संस्था बनाउने ?’
उनले प्रश्न थपे, ‘महासंघलाई, नेफ्स्कूनलाई हामीले के बनाउने हो ? विगतमा जे भयो नि त्यसले राम्रो गरेन । कि राम्रो भएको परिणाम तपाईंहरुले अनुभूति गर्नुभएको छ ? मलाई लाग्छ कसैले पनि राम्रो पनि भएन है भन्नुहुन्छ अहिले आएर । हिजो निजी क्लबको रुपमा बनाउने प्रयत्न भयो । मैले यही ठाउँमा भनेको थिएँ ।’
उनले अब सहकारी क्षेत्रमा त्यस्तो नहोस् भन्ने सबैको चाहना भएको बताए । ‘अझ बैंक त झन् यस्तो संवेदनशील संस्था हो, ’ प्रमुख अतिथि पोखरेलले भने, ‘कि कुनै एउटा व्यक्ति वा सञ्चारमाध्यमले सार्वजनिक रुपमा बैंकले बद्मासी गरेको छ भनेर सार्वजनिक रुपमा गयो भने त्यो बैंक कोल्याप्स हुन्छ । विश्वास खत्तम भएर जान्छ । र, बैंकले कारोबार नै गर्न सक्तैन । त्यो स्थितिमा के होला ? विगतमा पनि यही कुरा भनेका थियौं । बैंकलाई सन्तुलित ढंगले लैजानुस है । बैंक भनेको सेन्सिटिभ संस्था हो ।’
उनले पुस १२ गतेको चुनावका प्रतिनिधिहरुलाई प्रजातान्त्रिक अभ्यास गर्न आग्रह गरे । त्यस्तो स्वच्छ र सौहार्दपूर्ण अभ्यासलाई कसैले इन्कार पनि नगर्ने बताए । उनले भने, ‘सहमति पनि प्रजातान्त्रिक अभ्यास हो । यसलाई पनि ध्यान दिनुहोला । चुनाव मात्रै प्रजातान्त्रिक अभ्यास होइन । अब तपाईंहरु सबै मिलेर यसलाई जनताको विश्वास जित्ने बैंक बनाउनुहोला ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com