काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार मुस्लिम समुदायका अगुवा प्रतिनिधिहरूसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन् । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री डा. लालबाबु राउत, इस्लाम धर्मगुरु मुफ्ती अबबकर सिद्दिकीलगायतको टोलीसँगको कुराकानीमा प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनमा समाजका सबै पक्षले जागरुक भएर लाग्नुपर्ने बताएकी उनको सचिवालयले जानकारी दिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र कम खर्चिलो बनाउन सरकार लागिपरेको र त्यसका लागि राजनीतिक प्रतिबद्धताका साथै नागरिक तहबाट पनि उत्तिकै खबरदारी आवश्यक रहेको उनले बताइन् ।
"यतिखेर मुलुकमा शान्ति, स्थिरता, सामाजिक धार्मिक सद्भाव आवश्यक छ । शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्नेछ । यस्तो अवस्थामा समाजका सबै तह र तप्काबाट सकारात्मक भूमिकाको अपेक्षा राखेका छौँ," उनले भनिन् ।
कार्यक्रम पूर्वमन्त्री विध्याधर मल्लिक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनालगायतको पनि उपस्थिति थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com