काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिको कार्यकारी निर्देशकमा छत्रदेव-७ अर्घाखाँचीका लक्ष्मण पन्थी नियुक्त भएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पन्थीलाई चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरेको हो । उनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाबाट नियुक्ति पत्रसमेत लिएका छन् ।
पन्थी खुला प्रतिस्पर्धाबाट समितिको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । समितिको कार्यकारी निर्देशकमा पन्थीसँगै श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो ।
नेपाल संस्कृत विश्वविद्यालयबाट विद्यावारीधि अनुसन्धानरत पन्थी विभिन्न धार्मिक तथा ज्योतिषीय संघसंस्थामा क्रियाशील छन् । उनले नेपाल ज्योतिष परिषद्, दक्षिण एसियाली ज्योतिष महासंघ, विश्व ज्योतिष महासंघ, आध्यात्मिक पत्रकार समाज, विश्व हिन्दु महासंघलगायतका विभिन्न संस्थाको नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।
पन्थीले नेपाल पञ्चांग निर्णायक विकास समितिको सदस्यसमेत भएर काम गरिसकेका छन् । उनी अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिका सदस्यसचिवसमेत हुन ।
नवनियुक्त कार्यकारी निर्देशक पन्थीले सञ्चारकर्मीसँग कुरा गर्दै सम्पूर्ण संस्कृति, परम्परा, रीतिरिवाजको अपनत्व हुने गरी आफूले कार्यसम्पादन गर्ने बताए। यसअघि पञ्चांग निर्णायक समितिको अध्यक्षमा प्रा शम्भुप्रसाद ढकाल र सदस्यमा प्राडा देवमणि भट्टराई, प्रा. डा. नारायणप्रसाद निरौला, रतिदेवी जोशी श्रेष्ठ र चेतराज उपाध्याय नियुक्ति भइसकेका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com