Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ । उक्त रकम केन्द्रिय बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंककाअनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपमा रकम लगानी गरिनेछ । वाणिज्य बैंकमा ५ अर्ब २८ करोड, विकास बैंकमा ९९ करोड र वित्त कम्पनीमा ३३ करोड मुद्दती निक्षेपमा लगानी गरिने सूचनामा उल्लेख छ । केन्द्रीय बैङ्कले आफूले लिन चाहेको रकम र व्याजदर समेत प्रस्ताव गरी आवेदन पेश गर्न आग्रह गरेको छ ।

यही डिसेम्बर १८ तारिख अर्थात् आउँदो बिहीवारदेखि अर्को वर्षसम्म ३ सय ६६ दिनको मुद्दति निक्षेपमा रकम लगानी गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।

निक्षेपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कूल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जारनिक्षेप अनुपात समय–सयममा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको हुनुपर्नेलगायत सर्त राष्ट्र बैंकको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार