काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सात खर्ब ६६ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार गएको वर्षको साउनदेखि मङ्सिर मसान्तसम्मको तुलनामा यस वर्ष आयात आयात १५ दशमलव ८३ प्रतिशतले बढेको हो ।
यस्तै निर्यात व्यापार ५८ दशमलव १७ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।
नेपालले वस्तु निर्यातभन्दा धेरै आयात गर्ने भएकाले व्यापार घाटा हरेक महिना बढ्दो क्रममा छ । विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै आयात हुने र निर्यात हुने वस्तुको पहिलो सूचीमा भटमासको तेल परेको छ । पाँच महिनामा ४६ अर्ब ९७ करोड रुपैयाँ बराबरको भटमासको कच्चा तेल आयात हुँदा ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको भटमासको प्रशोधित तेल निर्यात भएको छ ।
यस्तै आयात हुने अन्य मुख्य वस्तुमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, फलामज्नय सामग्री, स्मार्टफोन लगायत छन् । निर्यात हुने अन्य वस्तुमा अलैँची, गलैँचा, सूर्यमुखीको तेल, ब्लिच नगरिएको जुटका कपडा, पाम तेल लगायत छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com