Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

उपकुलपति लगायतमाथि सुनियोजित आक्रमण: नेपाल संस्कृत विश्वविद्यालय

उपकुलपति लगायतमाथि सुनियोजित आक्रमण: नेपाल संस्कृत विश्वविद्यालय

काठमाडौं । संस्कृत विश्वविद्यालयले उपकुलपति प्रा. डा धनेश्वर नेपाल लगायतमाथि सुनियोजित आक्रमण भएको जनाएको छ । उपकुलपति नेपाल, उपप्रशासक खिमबहादुर केसी र उपकुलपतिका स्वकीय सचिव चोलेन्द्र रिजालमाथि सुनियोजित आक्रमण भएको विश्वविद्यालयका शिक्षाध्यक्ष भोजराज जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘बेलझुण्डीमा सम्पन्न बृहत् भेलाले गम्भीर खेद व्यक्त गर्दै तीव्र विरोध र निन्दासहित विश्वविद्यालयका पदाधिकारी एवं जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे सम्बद्ध निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

उपकुलपति नेपाललाई पुस ६ गते बिहान ८ बजेतिर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले मोसो दलेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार