Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२

सहकारी पीडितका लागि राष्ट्र बैंकले तत्काल कार्यक्रम बनाई सरकारलाई सहयोग गर्नुपर्छ

सहकारी पीडितका लागि राष्ट्र बैंकले तत्काल कार्यक्रम बनाई सरकारलाई सहयोग गर्नुपर्छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी पीडितका लागि तत्काल कार्यक्रम बनाई सरकारलाई सहयोग गर्नुपर्ने सुझाव बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ ले दिएको छ । कार्यदलले सहकारी पीडितको सहयोगार्थ तत्काल कार्यक्रम बनाई सरकारलाई सहयोग गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ मार्फत केन्द्रीय बैंकलाई लिखित सुझाव उपलब्ध गराएको हो ।

आज सार्वजनिक गरिएको कार्यदलको प्रतिवेदनमा भनिएको छ, 'नेपाल राष्ट्र बैंकले सहकारीको नियामक निकायमा रहेको साथै रु.५० करोडभन्दा माथिका सहकारीको सुपरिवेक्षण गरिरहेको साथै सरकारको आर्थिक सल्लाहकार पनि भएको हुँदा सहकारी पीडितलाई तत्काल सहयोगार्थ कार्यक्रम बनाई सरकारलाई सहयोग गर्नु आवश्यक छ । सहकारीलाई सरकारले कुनै न कुनै हिसाबले समस्या समाधान गर्न सकेन भने यस समस्याले बैंकिङको साथै अर्थतन्त्रलाई नोक्सान गर्दछ । सहकारी समस्याले आर्थिक गतिविधिमा असर गरिहेको हुँदा यसका पीडितलाई तत्काल सहयोग हुने गरी कार्यक्रम बनाएर सरकारलाई उपलब्ध गराई कार्यान्वयन गराउन सकेमा यसले आर्थिक गतिविधि बढाउन मद्दत गर्दछ ।'

बैंकिङ क्षेत्रमा देखिएका जटिल समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा पूर्ब बैंकर भुवन कुमार दहाल सदस्य र गुरु प्रसाद पौडेल सदस्य सचिव रहेको तीन सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले २०८२ असार २९ गते प्रतिवेदन बुझाए पनि केन्द्रीय बैंकले ६ महिनापछि प्रतिवेदन सार्वजनिक गरेको हो । कार्यदललाई ६ वटा एजेण्डा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार