काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि .(नेफ्स्कून) का महासचिव घनश्याम अधिकारीले सुर्खेत घटनाका सम्बन्धमा संघले कठोर निर्णय गर्ने भन्दै हाल तातेको अनि तरंगित बनेको सहकारी अभियानलाई विश्वस्त हुन आग्रह गरेका छन् ।
उनले धिप्री डटकमसँग भने, ‘यो मात्र होइन आन्तरिक सुशासनसँग जोडिएका अरु कतिपय विषयमा हामी आज बोल्ड निर्णय गदैछौं । सुर्खेतमा संघका सञ्चालक वीरबहादुर भोटेद्वारा सुर्खेत सदस्य सेवा कार्यालयका दुई कर्मचारी माथि भएको दुर्व्यवहारको घटनाका सम्बन्धमा निर्णय गर्न संघको सञ्चालक समितिको आकस्मिक तर भर्चुअल बैठक आज बस्दैछ ।
‘आज दुई बजेसम्म सुर्खेत घटनाको विषय टुङ्गिन्छ, ’महासचिव अधिकारीले भने, ‘सँगै हामी सुशासनका सम्बन्धमा अरु धेरै बोल्ड डिसिजन पनि गर्दैछौं । सुशासनका सवालमा कुनै कम्प्रोमाइज हुँदैन ।’
उनले साकोस अभियानलाई विश्वस्त हुन समेत आग्रह गरेका छन् । विधिसम्मत प्रक्रियाबाट निर्णय गर्नुपर्ने भन्दै प्रक्रियाहरु पूरा गर्न केही समय लिएको जानकारी गराए । 'हामीले खोज्दैमा तत्कालै एक्सनमा जाने विषय हुँदैन । विधि त पुर्याउनुपयर्ने नि !' उनले भने ।
महासचिव अधिकारीले भने, ‘सुशासनका सम्बन्धमा संघमा कुनै कन्फयुजन हुँदैन । उनले भने, ‘यस घटनाको छानविनलाई अघि बढाएर नेफ्स्कूनको बिजनेश र प्रवर्धनका कार्यक्रमहरुलाई अब हामी थप स्मुथली अघिबढाउँछौं । केही संशय पैदा भएको जस्तो देखिएको हो, निजी आचरणसँग जोडिएको विषय बढी हो । यसले समग्रतामा संघको छविलाई असर गर्न हामी दिदैनौं । सुर्खेत घटनाको क्षति सकेसम्म न्यून गर्न हामी हाम्रो गतिलाई थप तीब्र पार्छौं ।’
नेफ्स्कूनले यो घटनालाई पाठ र सिकाइका रुपमा लिदैं अब दर्बिलो आन्तरिक प्रबन्धहरु गर्ने विश्वास महासचिव अधिकारीले दिलाए । उनले भने, ‘संघलाई थप परिस्कृत गर्ने, हिजो भन्दा राम्रो बनाउने र सिङ्गो सहकारीअभियानलाई हामी प्रति आश्वस्त र प्रतिबद्ध भएर भएर लानेछौं । केही समय लाग्ला तर हामी अविच्छिन्न लाग्नेछौं ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com