Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेफ्स्कूनका सम्पूर्ण कर्मचारीले गरे काम ठप्प, कर्मचारी कुट्ने सञ्चालकलाई बर्खास्त गर्न माग

नेफ्स्कूनका सम्पूर्ण कर्मचारीले गरे काम ठप्प, कर्मचारी कुट्ने सञ्चालकलाई बर्खास्त गर्न माग

काठमाडौं । सुर्खेत सदस्य सेवा कार्यालयमा शुक्रबार भएको घटनालाई लिएर नेफ्स्कूनका कर्मचारीहरुले काम ठप्प गरेका छन् । उनीहरुले शुक्रबारको घटनाले संघका सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएको भन्दै उक्त घटनाको विधिसम्मत छिनोफानो नभएसम्म कर्मचारीहरुमाथि भौतिक आक्रमण गर्ने सञ्चालक वीरबहादुर रावत भोटेलाई तत्कालै निलम्बन गरि बर्खास्त गर्न माग गरेका छन् । यसैगरी उनीहरुले संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने विधिको पुर्ण पालनाका लागि समिति तथा उपसमितिको सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पुर्ण रुपमा हटाई संघको विनियम तथा कार्यविधिमा उल्लेख भएका कार्य तथा जिम्मेवारी बाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नहुने वातावरण मिलाउन जोडदार माग गरेका छन् ।

संघको केन्द्रीय कार्यालयका कर्मचारीहरुले आज आइतबार बिहान १० बजे कार्यालयमा पुगी प्रमुख कार्यकारी अधिृकतलाई गम्भीर ध्यानाकर्षणसहित केही मागहरु राखेका छन् । उनीहरुले उपलब्ध उपत्यकाका कर्मचारीहरुको हस्ताक्षरसहित सिईओलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । यससम्बन्धमा सिईओ डा.शिवजी सापकोटाले उपयुक्त निर्णय लिइने आश्वासन दिएका छन् । सुर्खेत घटनाकै सम्बन्धमा छलफल गरी आवश्यक निर्णय लिन अहिले केही बेरमा नेफ्स्कून सञ्चालक समितिको भर्चुअल बैठक पनि बस्दैछ ।

कर्मचारीहरुको ध्यानाकर्षण पत्रमा भनिएको छ, 
२०८२ पौष १८ गते शुक्रबार नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को सुर्खेत सदस्य सेवा कार्यालयमा भएको घटनाका सम्बन्धमा संघको व्यवस्थापनको गम्भिर ध्यानाकर्षण भएको छ । संघका सञ्चालक समिति सदस्य विर बहादुर रावत (भोटे) द्धारा सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनालाई गरेको दुर्व्यवहार र कुटपिटका सम्बन्धमा देहाय बमोजिमका मागहरु पेश गर्दछौं ।

१. संघका सञ्चालक समिति सदस्य विर बहादुर रावत (भोटे) द्धारा नेफ्स्कून सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारीहरु मदन कुमार चन्द र पुष्पराज तिमिल्सेना माथि कार्यस्थलमा भएको सांघातिक हमलाका कारण संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरु असुरक्षित भएकाले उक्त घटनाको विधिसम्मत छिनोफानो नभएसम्मका लागि निज सञ्चालकलाई तत्कालै निलम्बन गरि बर्खास्त गरियोस्,

२. उक्त हमलाका कारण कर्मचारीद्वय मदन कुमार चन्द र पुष्पराज तिमिल्सेनाका साथै सम्पूर्ण कर्मचारीहरुको सुरक्षा संवेदनशिलतालाई ध्यान दिई सबैको जिउधनको सुरक्षाको उचित व्यवस्थापन गर्न माग गर्दछौं,

३. संघमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले निर्वाध रुपमा कार्य गर्न पाउनुपर्ने विधिको पुर्ण पालनाका लागि समिति तथा उपसमितिको सम्पूर्ण प्रकारका कार्यकारी भूमिकालाई पुर्ण रुपमा हटाई संघको विनियम तथा कार्यविधिमा उल्लेख भएका कार्य तथा जिम्मेवारी बाहेक अन्य कुनै पनि प्रशासनिक कार्यमा हस्तक्षेप नगर्न माग गर्दछौं,

४. संघका सम्पूर्ण कार्यालयहरुमा रहेको सबै उपसमितिको कार्यकक्षहरु तत्कालै हटाउन जोडदार माग गर्दछौं,

५. संघको छविमा व्यापक सुधार गर्नुपर्ने अवस्थामा नेतृत्वबाट भएको यस्ता अमर्यादित हर्कतबाट संघको छविमा नकारात्मक प्रभाव परेको अवस्थामा समिति तथा उपसमितिमा रहेका कुनै पनि व्यक्ति वा उक्त व्यक्ति संलग्न रहेको सहकारी संस्था कारबाहीमा परेको वा कालोसुचीमा परेको वा कानुनी कारवाहीमा परेको सुचना, जानकारी तथा तथ्य प्रमाणका आधारमा उक्त संस्थाका प्रतिनिधिलाई कानुन बमोजिम तत्काल निलम्बन गरी बर्खास्त गर्न माग गर्दछौं,

६. सुर्खेत घटनाका कारण सम्पूर्ण कर्मचारीहरुको मनोबलमा नकारात्मक प्रभाव परेको सन्दर्भमा यस घटनाको छिनोफानो नभएसम्मका लागि संघका सबै कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु पुर्ण रुपमा बन्द गरिने जानकारी गराउन चाहन्छौं । साथै उपरोक्त मागहरु सम्बोधन नभएमा चरणबद्ध थप आन्दोलनको समेत घोषणा गर्दछौं । उपरोक्त मागका कारण संघका सेवा प्रवाहमा अवरोध हुन गई सदस्य संघसंस्थामा पर्न ूजाने असुविधा प्रति व्यवस्थापन क्षमाप्रार्थी छौं ।

a7cb036c-7fe2-4573-b5eb-9a61527954af.jpg
undefined
0fae17c0-ef70-4bf5-b628-dec07ab79889.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार