काठमाडौं । अमेरिकाले भेनेजुएलामाथि सैन्य कारबाही गर्दै राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेपछि राष्ट्रसंघ सुरक्षा परिषद्को आकस्मिक बैठक आज बस्दै छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनका लागि ‘खतरनाक नजिर’ भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको परिस्थितिबीच बैठक बस्न लागेको हो ।
कोलम्बियाको अनुरोधमा, रूस र चीनको समर्थनसहित १५ सदस्यीय सुरक्षा परिषद्को बैठक बस्न लागेको हो । अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावका कारण सुरक्षा परिषद् बैठक यसअघि पनि गएको अक्टोबर र डिसेम्बरमा दुई पटक बैठक बसेको थियो । महासचिव गुटेरेसले सबै पक्षले संयुक्त राष्ट्रसंघको चार्टरसहित अन्तर्राष्ट्रिय कानुनको पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिकी सेनाले भेनेजुएलामाथि आक्रमण गर्दै त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका पुर्याएसँगै विश्व राजनीति तरङ्गित भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com