Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
२१औं वार्षिक साधारण सभा

धादिङ बचत संघको अध्यक्षमा सीता दुवाडी

धादिङ बचत संघको अध्यक्षमा सीता दुवाडी

धादिङबेसी । धादिङ बचत तथा ऋण सहकारी संघ लि.को २१औं वार्षिक साधारण सभा शनिबार धादिङबेसीमा सम्पन्न भएको छ । संघका कार्यवाहक अध्यक्ष सीता दुवाडीको सभापतित्व सम्पन्न साधारण सभामा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका सञ्चालक समिति सदस्य तथा संघका निवर्तमा अध्यक्ष नवराज शर्मा र वागमती प्रदेश सहकारी संघका महासचिव नेत्रराज पौडेलको विशेष उपस्थिति थियो।

सभाले संघको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन, आ.व. २०८२/८३ को अनुमानित बजेट र नीति तथा कार्यक्रम र आ.व. २०८१/८२ को बाह्य लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ।

साधारण सभामा आ.व. २०८१/८२ को कारोबारको आधारमा सहकारी संस्था र अभियन्ताहरुलाई सम्मन तथा पुरस्कार वितरण गरिएको थियो ।
सहकारी अभियानमा उत्कृष्ट योगदान गर्ने अभियन्तामा नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ ३ का संस्थापक अध्यक्ष उर्मिला श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट दैनिक कारोबार गर्नेतर्फ महिला सशक्तिकरण बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ ३ लाई सम्मान गरिएको छ।

वर्षको उत्कृष्ट ऋण कारोबार गर्ने संस्थातर्फ कलश बचत तथा ऋण सहकारी संस्था लि., बेनीघाट रोराङ ३ लाई सम्मान गरिएको छ ।
उत्कृष्ट व्यवस्थापक (प्रारम्भिक संस्थाहरु मध्येबाट उत्कृष्ट) बाट श्रोतपरिचालन बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ ३, का प्रमुख कार्यकारी अधिकृत दयानीधि नेपाललाई सम्मान गरिएको छ।

संघमार्फत सञ्चालन गरेको साकोस रणनीतिक सुधार कार्यक्रममा सहभागी हुने वर्षको उत्कृष्ट संस्थातर्फ बिशाल आमा बचत तथा ऋण सहकारी संस्था लि.लाई सम्मान गरिएको छ।

आ.व. २०८१÷८२ मा सबै भन्दा बढि शेयर खरीद गर्ने (५ लाख वा सो भन्दा बढि) तर्फ रामकोट बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ ८ र नीलकण्ठ महिला बचत तथा ऋण सहकारी संस्था लि., नीलकण्ठ ३ लाई सम्मान गरिएको थियो ।

नयाँ सञ्चालक र लेखा सुपरीवेक्षण समिति चयन, अध्यक्षमा सीता दुवाडी
साधारण सभाले सीता दुवाडीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति सदस्य र चमेली बगाले काप्रीको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

निर्वाचन संयोजक नेत्रराज पौडेल, सदस्य देवप्रसाद त्रिपाठी र सदस्य सुमन धरेलको सक्रियतामा सहज रुपमा निर्वाचन प्रकृया सम्पन्न भएको थियो ।

निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा श्रोत परिचालन साकोसका तुलसी प्रसाद अधिकारी, सचिवमा भैरवी साकोसका शान्त बिक्रम बानियाँ, कोषाध्यक्षमा रामकोट साकोसका राजकुमार श्रेष्ठ चयन हुनुभएको छ।

त्यस्तै सञ्चालक समितिको सदस्यमा चुलीदेवी साकोसमा कृष्णप्रसाद सिलवाल, जनकल्याण साकोसका रामहरि बराकोटी, सहारा महिला सकोसका खिलकुमारी पोखरेल खत्री, स्वर्णिम साकोसका नविनकुमार श्रेष्ठ र मिलिजुली साकोसका उर्मिला रेग्मी निर्वाचित हुनुभएको छ।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरुमा उद्योग वाणिज्य साकोसका बलराम खत्री र नवदिप साकोसका राजाराम पाठक निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार