Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

चारपटकको प्रोबेसन ब्राण्डेड जनसेवा साकोस भन्छ-अब चाँडै एक्सेस पाउँछौं

चारपटकको प्रोबेसन ब्राण्डेड जनसेवा साकोस भन्छ-अब चाँडै एक्सेस पाउँछौं

काठमाडौं । पोखरा–१९ पुरन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लि. लामो इतिहास बोकेको सुमदायमा आधारित सदस्य केन्द्रीत सहकारी हो । २०५० साल भदौं २१ गते स्थापना भएको जनसेवा साकोसमा हाल २५४३ सेयर सदस्य छन् । कुल सम्पत्ति ४६ करोड ५० लाख बढी छ । जनसेवा साकोस कास्की जिल्लामा दर्ता भएको दोस्रो सहकारी हो। जनसेवा साकोस तत्कालीन सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयमा दर्ता भएको थियो ।

सबैभन्दा महत्वपूर्ण विषय भनेको वित्तीय सेवा प्रदायक जनसेवा साकोस वित्तीय रुपले स्वस्थ्य छ, सुरक्षित छ र दिगो छ । संस्था सुशासनमा चलेको छ । स्वयिनमनका अतिरिक्त छाता संघ नेफ्स्कूनले यसको नियमित अनुगमन र सुपरिवेक्षण गर्दै आएको छ । वित्तीय रुपमा सुरक्षित र सुशासित भएकै कारण जनसेवा साकोस ४ पटक सम्म प्रोवेसन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । गत पुस ४ गते सम्पन्न नेफ्स्कूनको ३४औं वार्षिक साधारणसभाबाट जनसेवाले चौंथोपटक प्रोबेसन ब्राण्ड प्राप्त गरेको थियो । कास्की जिल्लामा प्रोबेसन कार्यक्रम सम्झौता गर्ने संस्था मध्येमा अग्र स्थानमा पनि पर्दछ जनसेवा साकोस ।

यसैसन्दर्भमा प्रस्तुत छ, जनसेवा साकोसका व्यवस्थापक प्रेमसागर अधिकारीसँग प्रोबेसन ब्राण्डको सफलताको सेरोफेरोसँग जोडिएर गरिएको अन्तर्वार्ताको सम्पादित अंशः

पछिल्लो पटक प्रोबेसन ब्राण्ड पाउँदाको अनुभव कस्तो छ संस्था र सञ्चालकहरुको ?

खुशी त स्वाभाविक रुपमा लाग्छ नै । पहिलो पटक ब्राण्ड पाउदा निकै खुशी थियौ । अहिले प्राप्त गर्दा पनि खुशी नै छौं । अहिलेसम्म जनसेवा साकोसले चारपटक प्रोबेसन ब्राण्ड प्राप्त गरिसकेकोले हामी सही बाटोमा छौं भन्ने कुरामा बढी खुशी लागेको छ ।

यद्यपि, पछिल्लो समय नेफ्स्कुनको गरिमा र सुशासनमा देखिएका घटना क्रमसँगै नेफ्स्कूनबाट प्राप्त ब्राण्ड बारे सदस्यहरुले प्रश्न उठाउन थालेकाले भने केही चिन्तित अवश्य बनाएको छ । आफै अनुशासनमा नबस्ने संस्थाले प्रदान गरेको सुशासनको चिन्ह जस्ता टिका टिप्पणी हुने गरेका छन् । यसले दुःख लागेको छ ।

समग्र सहकारी अभियानमा आज सुशासनको अभाव  छ । सहकारी संस्थालाई राज्यले स्वनियमनमा चल्ने संस्थाको रुपमा परिभाषित गर्नाले र संस्थाहरुले पनी आफू अनुकूल नियम र निर्णय गरेर संस्था सञ्चालन गर्न पाइन्छ भन्ने भाष्यले गर्दा संस्थामा जानेर वा अन्जानमा सुशासन खस्किएको छ । अर्काे कुरा राज्यमा भएका यति धेरै सहकारी संस्थालाई अनुगमन र सुपरिवेक्षण गर्ने निकाय प्रभावकारी नहुँदा सुशासनमा चल्न खोजेका संस्थाहरु पनि  सही बाटो पहिल्याउन नसक्दा र आफुले गरेको काम ठिक छ कि गलत छुट्याउन सकि रहेका छैनन् । यस्तो अन्यालेका अवस्थामा राज्यले गर्नु पर्ने काम एउटा संघले कार्यक्रमनै बनाएर गरेकोमा सबै संस्थाहरु यसमा अनिवार्य आवद्ध हुनु पर्छ जस्तो लाग्छ । साथै सहकारी विभागले पनि सबै संस्थालाई कुनै न कुनै स्तरीकरण कार्यक्रममा आवद्ध गराउन आवश्यक देखिन्छ ।

कति वर्ष लाग्यो प्रोबेसन ब्राण्ड पाउन ?

२०७३ माघमा आवद्ध भई कार्यक्रममा अभ्यासरत रहियो । पहिलो पटक २०७६ कार्तिक २२ मा प्रोबेसन अडिट गराइयो । त्यसमा सफलता प्राप्त गर्न सकिएन । दोस्रो बर्ष २०७७ कार्तिकमा अन्तिम परिक्षणबाट प्रोबेसन ब्राण्डको लागि सफल भइयो ।

सदस्यहरुलाई प्रोवेसन ब्राण्डको महत्व बुझाउन सकिएको छ कि छैन ? यसका लागि के कस्ता योजना राखिएका छन् ?

सदस्य शिक्षा कार्यक्रम मार्फत केहीमात्रामा मात्र बुझाउन सकिए ता पनि पर्याप्त मात्रामा बुझाउन सकिएको छैन । यसलाई सदस्य माझ पुर्याउन सदस्य शिक्षा कार्यक्रममा हिमालका केही सूचकहरु समेत समावेश गरी सदस्यहरुलाई सुसूचित गर्ने योजना बनाइएको छ ।

प्रोबेसनमा आवद्ध भएपछि जनसेवा साकोसले सिकेका र सुधार गरेका कुराहरु ?

संस्थागत विकासः आवश्यक नीति नियमहरुको विकास र परिपालना

कर्मचारीहरुको क्षमता विकासः नियमित तालिम बार्षिक कार्यक्रममा नै कर्मचारी र सञ्चालकको तालिमको लागि बजेटको ब्यबस्था, कर्मचारीहरुको बार्षिक लक्ष, कार्य सम्पादन मुल्याङ्कन बृद्धि र विकासमा योगदान पुगेको छ ।

भौतिक विकासः संस्थाको भौतिक विकास क्रमिक रुपमा भएको छ । आवश्यक मात्रामा भौतिक उपकरणहरु कम्प्युटर, सि.सि. टि.भि. सदस्य प्रतिक्षा कक्ष आदिको  विकास र विस्तार भएको छ ।

सदस्यहरुको आर्थिक विकासः कार्यक्रममा आवद्ध भए पछि निरन्तर रुपमा सदस्य शिक्षा कार्यक्रम सञ्चालन हुने गरेको छ । प्रतिस्पर्धी संस्थाको भन्दा ऋणमा कम ब्याज र बचतमा धेरै ब्याज दिने नीति संस्थाले अगालेको छ । साथै कारोवारमा नाफा, समयसापेक्ष तालिम, महिलामुखी कार्यक्रमहरु सञ्चालनले गर्दा सदस्यहरुको आर्थिक, सामाजिक र नेतृत्व क्षमता  विकास भएको छ ।

यसैगरी, देशका विभिन्न ठाउँबाट पोखरा घुम्न आउने सहकारीकर्मीहरु जनसेवा साकोसमा आउनुहुन्छ जसले गर्दा अन्यत्र संस्थाहरुका असल अभ्यास बारे जानकारी पाउने अवसर पनि प्राप्त हुने गरेको छ ।

WhatsApp Image 2026-01-07 at 18.32.31.jpeg
जनसेवा साकोसका व्यवस्थापक प्रेमसागर अधिकारी

साकोसहरु प्रोबेसनमा किन आवद्ध हुनुपर्छ भन्ने लाग्छ ?

समग्र सहकारी अभियानमा आज सुशासनको अभाव  छ । सहकारी संस्थालाई राज्यले स्वनियमनमा चल्ने संस्थाको रुपमा परिभाषित गर्नाले र संस्थाहरुले पनी आफू अनुकूल नियम र निर्णय गरेर संस्था सञ्चालन गर्न पाइन्छ भन्ने भाष्यले गर्दा संस्थामा जानेर वा अन्जानमा सुशासन खस्किएको छ । अर्काे कुरा राज्यमा भएका यति धेरै सहकारी संस्थालाई अनुगमन र सुपरिवेक्षण गर्ने निकाय प्रभावकारी नहुँदा सुशासनमा चल्न खोजेका संस्थाहरु पनि  सही बाटो पहिल्याउन नसक्दा र आफुले गरेको काम ठिक छ कि गलत छुट्याउन सकि रहेका छैनन् । यस्तो अन्यालेका अवस्थामा राज्यले गर्नु पर्ने काम एउटा संघले कार्यक्रमनै बनाएर गरेकोमा सबै संस्थाहरु यसमा अनिवार्य आवद्ध हुनु पर्छ जस्तो लाग्छ । साथै सहकारी विभागले पनि सबै संस्थालाई कुनै न कुनै स्तरीकरण कार्यक्रममा आवद्ध गराउन आवश्यक देखिन्छ ।

महत्वपुर्ण कुरा त के छ भने तत्कालिन समयमा सञ्चालकले भनेको कुरा मलाई याद छ–संस्थाले ब्राण्ड प्राप्त गर्ला या नर्गला तर कार्यक्रममा सहभागी भए पछि सुशासन अवश्य कायम हुन्छ । संस्था थप नीति विधि र प्रविधि मैत्री बन्छ यसमा नेफ्स्कुनले सहजीकरण गर्छ भनेर कार्यक्रममा आवद्ध भइयो । हामी २०७३ साल माघ १३ गते औपचारिक रुपमा प्रोबेसन कार्यक्रममा आवद्ध भयौं ।

प्रोबेसन कार्यक्रम तथा सूचकहरुमा गर्नुपर्ने सुधारहरु के के छन् ?

अधिकांश सुचकाङ्कहरु राम्रा नै छन् । स्थिरीकरण कोषको र सहकारी प्रवर्धन कोषको कुरालाई राज्यले प्राथमिकिकरणमा राख्नु पर्छ जस्तो लाग्छ । यसलाई प्रोबेसन म्यान्युलमा अनिवार्य सूचक बनाउनु आवश्यक छैन ।

अनसाइट र अफसाइट मनिटरिङमा समस्याहरु के के छन् ? नेफ्स्कूनले के कस्ता सुधारहरु गर्नुपर्छ ?

अनसाइट र अफसाइट मनिटरिङहरु निकै उपयोगी रहेका छन् । जसले नयाँ नयाँ नीति नियमको बारे र हामीले गरेका कामको बारे मसिनो गरी समीक्षा हुने गरेको छ ।  स्थलगत सुपरिवेक्षको तुलनामा अफसाइट बैठक त्यति प्रभावकारी नभएको महसुश भएको छ ।

प्रोबेसनमा जाने विषयमा सञ्चालक समितिलाई मनाउन कति कठिन भयो ? सञ्चालकहरुका के कस्ता आशंका र संकोचहरु थिए ?

जनसेवा साकोस कास्की जिल्लाकै पुरानो र समुदायमा आधारित संस्था मात्र नभई नेफ्स्कुनको ५७ नं.सदस्य पनि हो । यसले सुरुवाती अवस्था देखिनै  नेफ्स्कुनसँग नजिक रहेर काम गर्दै आएको  छ । सञ्चालक समिति पनि पुराना, सहकारीसँग जानकार रहेका् र संस्थालाई सुशासनमा सञ्चालन गर्नुपर्छ भन्ने कुरा बुझेको भएकोले तत्कालीन सञ्चालक समितिलाई यस विषयमा कुरा बुझाउन खासै असहज भएन । तै पनि केही सञ्चालकहरुले कार्यक्रममा सहभागी हुँदा, तालिम गोष्ठीमा सहभागी हुँदा लागत बढ्ने  कुरामा चासो देखाउनु भएको थियो ।

समय सापेक्षा तालिम, सहकारी शिक्षा, संस्थाले गरेका असल अभ्यासका कृयाकलापहरु सदस्यहरुलाई जानकारी, सदस्यमुखी क्रियाकलापहरु सन्चालन,  युवामुखी कार्यक्रमहरु सञ्चालन, विदेशबाट फर्केका युवाहरुलाई आफ्नै ठाउँमा केही गर्ने सोच बनाएका उद्यमी बन्न उद्यतहरु र एकल महिलाहरुलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रदानका साथै कृषि तालिम उपलब्ध गराउने कार्यक्रम छ ।

प्रोबेसनमा जाने निर्णय सञ्चालक समितिको कति औं बैठकले के ठानेर गर्यो अर्थात् किन जानुपर्छ भन्ने निर्णय गर्यो ?

जनसेवा साकोसको मिति २०७३ पुस महिनाको १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रोबेसनमा जाने निर्णय गरेको थियो । प्रोबेसन कार्यक्रममा आवद्ध हुने क्रममा केही सञ्चालकको फरक मतान्तर नभएका होइन तर पनि संस्थालाई सुदृढ गर्न र सुशासनमा बाध्न प्रोबेसन कार्यक्रम उपयुक्त भएकोले र तत्कालिन सञ्चालकहरु नेफ्स्कूनको साधारण सभामा सहभागी हुँदा देशका अन्य सहकारी संस्थाले प्रोबेसन ब्राण्डमा सफलता हासिल गरेको प्रत्यक्ष देखेकाले त्यसबाट प्रेरित भएकाले प्रोबेसन कार्यक्रममा जाने निर्णय गरियो ।

महत्वपुर्ण कुरा त के छ भने तत्कालिन समयमा सञ्चालकले भनेको कुरा मलाई याद छ–संस्थाले ब्राण्ड प्राप्त गर्ला या नर्गला तर कार्यक्रममा सहभागी भए पछि सुशासन अवश्य कायम हुन्छ । संस्था थप नीति विधि र प्रविधि मैत्री बन्छ यसमा नेफ्स्कुनले सहजीकरण गर्छ भनेर कार्यक्रममा आवद्ध भइयो । हामी २०७३ साल माघ १३ गते औपचारिक रुपमा प्रोबेसन कार्यक्रममा आवद्ध भयौं ।

प्रोबेसन कार्यदलका संयोजक तथा सदस्यहरु को को हुनुहुन्थ्यो ?

संयोजकः टिकाराम आचार्य

सदस्यः दानबहादुर भुजेल

सदस्यः डम्वर गिरी

व्यवस्थापकः प्रेमसागर अधिकारी

बरिष्ठ सहायकः विष्णु गिरी

स्तरीकरणमा अबको योजना के छ ?

हामी २०७७ फागुन २ गते बाट एक्सेस कार्यक्रममा आवद्ध छौं । छिट्टै एक्सेस ब्राण्ड प्राप्त गर्ने अबको रणनीति रहेको छ ।

सदस्यहरुको विश्वास जित्न अब अझै के कस्ता सुधारहरु र नवीन योजनाहरु कार्यान्वयन गर्ने तयारी छ ?

समय सापेक्षा तालिम, सहकारी शिक्षा, संस्थाले गरेका असल अभ्यासका कृयाकलापहरु सदस्यहरुलाई जानकारी, सदस्यमुखी क्रियाकलापहरु सन्चालन,  युवामुखी कार्यक्रमहरु सञ्चालन, विदेशबाट फर्केका युवाहरुलाई आफ्नै ठाउँमा केही गर्ने सोच बनाएका उद्यमी बन्न उद्यतहरु र एकल महिलाहरुलाई सहुलियतपूर्ण ब्याजदरमा ऋण प्रदानका साथै कृषि तालिम उपलब्ध गराउने कार्यक्रम छ ।

के स्तरीकृत वा ब्राण्डेड साकोसहरुमा समस्याहरु नै हुँदैनन ? वा स्तरीकृत साकोसहरु पूर्णतः सुरक्षित हुन्छन् ?

स्तरीकरणको कार्यक्रममा अभ्यासरत रहेका संस्थामा समस्या नै नभएको भन्ने होइन । मुख्य कुरा स्तरीकरण कार्यक्रमको म्यानुअल गाईडलाईनमा उल्लेख गरेको कुरा कति परिपालना गरेको छ भन्ने हो । हाल नेफ्स्कुनले आफ्नो व्यवसाय बढाउन र कर्मचारीले आफ्नो लक्ष्य पुर्याउन संस्थाको आन्तरिक विश्लेषण नगरी स्क्यान वा स्तरीकरण कार्यक्रममा आवद्ध गराउने गरेको पाइएको छ । यसरी संस्थाको आन्तरिक क्रियाकलापहरु नबुझी  कार्यक्रममा आवद्ध गराएका संस्थाहरुमा समस्या पनि रहेका छन् । स्तरीकरण कार्यक्रममा आवद्ध हँुदैमा संस्था सुरक्षित नहुन पनि सक्छन् । संस्था सुरक्षित बनाउने भनेको सदस्यहरुले नै हो ।

ब्राण्ड पाउन केही चलखेल हुन्छ भन्ने हल्लाहरु विगतदेखि सुनिदै आएको हो ? जनसेवा साकोसलाई त्यस्तो केही आशंकाहरु छन् कि ?

त्यस्तो हाम्रो जानकारीमा केही पनि छैन र हाल सम्म जनसेवाले ४ ओटा ब्राण्ड प्राप्त गर्दाको अवस्थामा त्यस्तो केही चलखेल भएको आशंका गर्न सकिदैन ।

संस्थामा महिला र पुरुष सदस्य सहभागिता कस्तो छ ?

महिला सदस्य १२९३ जना र पुरुष सदस्य १२५० जना गरी करिब ५०/५० प्रतिशत सहभागित छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार