काठमाडौं । नेपाल प्रहरीले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्ने भएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले आज सूचना प्रकाशित गर्दै योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
सूचनाअनुसार निर्वाचन प्रहरी पदका लागि खुला प्रतिस्पर्धाबाट भर्ना गरिनेछ। इच्छुक उम्मेदवारले २०८२ पुस २५ गतेदेखि माघ एक गतेसम्म तोकिएका जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ उपत्यकाका जिल्ला प्रहरी परिसरहरू ९काठमाडौँ, ललितपुर र भक्तपुर० मा दरखास्त दिन सक्नेछन्। दरखास्त बुझाउने समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुन उम्मेदवार नेपाली नागरिक हुनुका साथै सामान्य लेखपढ गर्न जान्ने, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नभएको र शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुपर्नेछ। उमेर हद दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था गरिएको छ।
शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको न्यूनतम उचाइ घटीमा पाँच फिट र तौल ५० केजी तथा महिलाको हकमा घटिमा चार फिट र तौल ४२ केजी तोकिएको छ। साथै महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने शर्त राखिएको छ।
भर्ना छनोट प्रक्रिया अन्तर्गत शारीरिक तन्दुरुस्ती, स्वास्थ्य परीक्षण र आवश्यक परीक्षणहरू सञ्चालन गरिनेछ। छनोटमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्य सुरक्षा निकायमा पूर्वसेवा गरेका वा सन्तोषजनक रूपमा निर्वाचन सुरक्षामा काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइने जनाइएको छ।
निर्वाचन प्रहरीको नियुक्ति अवधि अधिकतम ४० दिन रहनेछ। सेवा सुविधाअन्तर्गत निर्वाचन प्रहरीलाई नेपाल प्रहरी जवानको सुरु तलब स्केल अनुसार प्रतिदिन रु। ८६९।४० का दरले चालिस दिनसम्मका लागि ३४ हजार सात सय ७६ रुपैयाँ पारिश्रमिक प्रदान गरिनेछ। साथै खाना खर्च, पोशाक भत्ता, तालिम खर्च र यातायात खर्चसमेत उपलब्ध गराइनेछ। सबै भुक्तानी सम्बन्धित व्यक्तिको बैंक खातामार्फत गरिने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्न आवश्यक जनशक्ति व्यवस्थापनका लागि निर्वाचन प्रहरी भर्ना गरिएको जनाएको छ। विस्तृत जानकारी सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com